गजल

चुम्यौ र त अधर कस्तो कस्तो लाग्यो
जुध्यो र त नजर कस्तो कस्तो लाग्यो ।

सुख्खा यो बन्जर मरुभूमिमा फूल रोपी
दिलायौ र त सहर कस्तो कस्तो लाग्यो ।

तिमी आगो म आगो यो बैसको बेलामा
बर्सायौ र त लहर कस्तो कस्तो लाग्यो ।

दोधारमै थिएँ म प्यार या मात हो यो
बुझायौ र त ठहर कस्तो कस्तो लाग्यो ।
सोम श्रेष्ठ
तीनपाटन – २ सिन्धुली ।

तपाईंको प्रतिकृया