कविता : जीवनको उपलब्धि

मानवको जीवन रुपी डुङ्गामा
कहिले घामको उज्यालोले
जीवन महकिन सक्छ
त कहिले कालो बादल रुपी
दु:खको छायाले
जीवनमा नैराश्य र
मलीनता छाउन सक्छ ।

यी सुख र दु:खका
आँधीबेरीले
समेटिएको यो जीवन
तर यो जीवनले
सधै
खुशीको मुस्कान मात्र
हेर्न चाहन्छ
अनि ऐस आरामको
जीवन
जिउन चाहन्छ ।

तर बिडम्बना
यो मात्र जीवन होइन
जीवनको खेतमा
जुन चीज अगाडी आउँछ
त्यसलाई
जोत्न सक्नुपर्दछ
जीवनको यही नै
प्रमुख बिशेषता हुन्
आउँछ ।

सुखमा के छ र
केवल क्षणिक आनन्द
तर
दु:खमा
त्याग बलिदान र
स्वर्गीय आनन्दको
आभास पाइन्छ ।

खेत जोतेर
अन्न प्राप्ती पछिको
सुख
अनन्त आनन्दको
प्रतीक हुन्छ

त्यस्तै
कसैको दु:खरुपी
घाउमा
मलमरुपी सेवाले
प्राप्त भएको
सुखको अनुभूतिले
मानव जीवनमा

अनौठो
सुखानुभूति
प्राप्त हुन्छ
त्यही सुख नै
जीवनको ठूलो
अर्को
उपलब्धी हो ।
गंगा लिगल
सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७

हाल : भैरहवा, नेपाल ।

तपाईंको प्रतिकृया