[गोविन्द बहादुर कुँवर]
कथा : मलाई उत्तर थाछ

हामी फलफूल र चिया पानी खाएर ढकालजीकाे घरबाट बाहिर निस्केका थियाैँ, सडक पेटीमा दुई जना अश्वेत भाइहरु निकै प्रफुल्ल मुद्रामा हाउभाउ सहित गफिरहेका थिए । मलाई अस्ति भेटेकाे भाइ हाेकि जस्ताे लायाे । तर आज अस्तिजस्ताे अल्लि थिएन , आज झाेला भिरेकाे थियाे र थाकेजस्ताे देखिन्त्याे । हामी कट्नै लागेका थियाैँ, उसैले बाेलायाे । फर्केर हेरेँ, उही रहेछ । हाँस्याे र अभिवादन गर्याे । के छ ठिक छ ? मैले भने । ठिक छ भन्दै उसकाे साथीलाई उसकै भाषामा केही कुरा भन्याे । हाम्राे बारेमा भन्याे हाेला सायद । उसकाे साथीले मुण्टाे हल्लायाे र हामी तिर हेरे हाँस्याे । मैले त्याे भाइलाई साेधेँ, “काम पायाै त ?” “पाएँ पाएँ ।” उसले दुवै हात हावामा फैलायाे र फेरि हाँस्याे । ल वधाइ छ, भनेँ । हामी बाटाे लाग्याैँ ।उसले विदाइकाे हात हल्लायाे । काे हाे र त्याे ठिटाे ? मलाई बाटाेमा हिड्दै गर्दा गाैरीले साेधिन् । त्याे इथाेपियन हाे । म‌ैले अस्ति उसलाई ह्यीँ भेटेकाे थिएँ ।

ऊसँग उसकी पत्नी र छाेराे पनि थिए । उसकि पत्नी कसिली जीउडालकी राम्री हँसिली श्याम सुन्दरी थिई । उनारुकाे चार पाँच बर्षकाे छाेराे थियाे । ऊ स्वस्थ र हृष्टपुष्ट थियाे । त्याे दिन चर्काे घाम लागेकाे थियाे र म सियाँल खाेज्दै सडक पेटीमा ओहरदाेहर गरिरहेकाे थिएँ, एकलै । धेरैजसाे त सँगै हिनिन्छ । तर घरमा बस्दा झेउ लाग्याे भने जतिखेर पनि म सडक नाप्न थालिहाल्छु । ह्याँ, अरुकाे घरमा जान उति सजिलाे नहुने रहेछ । उनारु कि काममा गएका हुन्छन् कि कामबाट लखतरान भएर आएका हुन्छन् । अनि पकाउने, खाने, विश्राम गर्ने, सुत्ने, उनीहरुकाे ध्याउन्ना हुन्छ । कसाे झापाली ढकाल दम्पति पनि हामीजस्तै सुपर भिसामा हामी आएकाे एक महिना पछि आउनुभयाे र आउजाउ गर्न पाइएकाे छ । पार्क तिर पनि सँगै घुम्न पाइएकाे छ । मैले गाैरीलाई भने तिनारु अस्ति ह्यीँ बस पर्खेर बसेका थिए । म तीन चार फेर ओहर दाेहर गर्दा पनि बस आइपुगेकाे थिएन । हाम्राे हेराहेर भइ राखेकाे थियाे । पाँचाैँ पटककाे पालीमा मैले साेँधे, तिमारु कहाँका हाै ? इथाेपिया भन्याे उसले । हाे ? तिम्राे देशले त राम्राे प्रगति गरेकाे छ रे त छिटै ! त्यत्राे गृह युध्द बेहाेरेकाे देश ! मैले पत्रिका पढेर थापाकाे । खुसी लाग्याे ! बधाइ छ , भनेँ । ऊ हाँस्याे र धन्यवाद भन्याे । उसले नेपालकाे नाम सुनेकाे रहेछ । सायद शान्ति सेनाका कारण हाेकि ! मैले तिमारुकाे छाेराे राम्राे रहेछ, माया लाग्दाे भनेर उसलाई केही इशारा गरेँ, उसले केही प्रतिकृया जनाएन ।

अपरिचित भएर हाेला क्वारक्वार्ती हेराे र आमासँग टाँस्सियाे । आमा बरु खुसी भै र मलाई हेरेर मुस्कुराई । तिमीलाई कस्ताे लाग्याे त क्यानडा ? उसले मलाई साेध्याे । राम्रै लाछ भने । किन भन्याे । सफा छ, हरियाली छ, सबै कुरा ब्यबस्थित छ भने । काम नि पाछाै ? छैन, म ह्याँ काम गर्न आहैन । मेराे पिन्सिन छ । तिमीलाई नि ? मलाई त मन परेन किन ? काम नै नपाइने रच। नाे गुड आत्तिन हुन्न, ढिलाे चाँडाे काम पाइन्छ । सबैले पाएकै छन् त । खै, उसले ओठ लेप्रायाे । उसका निधार भरि तनावका तन्तुहरु सल्वलाइ रहेका थिए । ऊ आफ्नी पत्नीका रहरहरु पूरा गर्न र त्याे भन्दा नि बढी छाेराकाे सुखद भविष्य निर्माण गर्ने सपना आँखामा सजाएर क्यानडा छिरेकाे हुँदाे हाे घर खेत बन्धकी राखेर । अलिखेरमा बस आयाे र उनीहरु आफन्त काे तिर लागे । म नि घर आएँ । अब फेरि ऊ नभेटिन सक्छ । ऊ ब्यस्त हुन्च अब । फेरि भेटेछु भने उसलाई साेध्नुछ । क्यानाडा कस्ताे लाग्याे त ? तर मलाई थाछ । उसले के उत्तर दिन्च भनेर ।

तपाईंको प्रतिकृया