गजल

भोली के हुन्छ के आजै अवगत कसरी हुन्छ
अतित भुल्न खोज्ने खराब लत कसरी हुन्छ

गरिब हो राम्ररी थाहा छ नखिज्याउनुहोस्
खरको घरमा सिमेन्टको छत कसरी हुन्छ

अभावमा उपचार खर्चसम्म जुटाउन गाह्रो
न लगानी छ न आम्दानी बचत कसरी हुन्छ

यार आज दोहोरी साँझ जाऊँ नभन मलाई
खल्ती रित्तो हात रित्तो हिम्मत कसरी हुन्छ

आगोमा होमिएको अति पीडित मान्छे परेँ
नसोध पीडामा मुटु क्षतविक्षत कसरी हुन्छ ?
सरू बस्नेत
निजगढ बारा

तपाईंको प्रतिकृया