गजल


हेर्नुस् भरियालाई काम ठूलो सानो कहिल्यै भएन
तैपनि घरमा आनन्दले खान एकमानो कहिल्यै भएन

घर फर्कने बेला दिनहुँ छातीमा टेकेर फर्कन्छ छोराले
त्यसैले मलाई वृद्धाश्रम बिरानो कहिल्यै भएन

आधा गाँस काटेर मैले झैँ कसले खुवाउँछ अब
यही सोचेर आमाको आँखा ओभानो कहिल्यै भएन

जति टाले पनि चुहिरहन्छन् यी चक्षुहरू अचेल
र त उदाङ्गो छु यो मनको छानो कहिल्यै भएन

मसँग सानो कुरामा के दुश्मनी लिनुहुन्छ हजुर?
हेर्नुस् खुकुरीको त दुश्मन अचानो कहिल्यै भएन
गायत्री भट्टराई

तपाईंको प्रतिकृया