गजल

अताल्लिदै पुगे थ्यो हिजो घोप्ट्याईएको डोकोको उचाईमा।
रुमल्लिएको देखेँ आज सगरमाथा पुग्ने धोकोको उचाईमा।।

स्थिर कदापि हुँनै सकेन तुल्बुलिएको मन नियाल्छिन् आमा।
धेरै अन्तर उसको अस्थिरता अनि उनको कोखोको उचाईमा।।

हुनेछ वर्षा धनै धनको हतियार बिल्कुल यसमा नलाउँनुस्।
ज्यितिष बोले शुभ-दिन अब पुग्नै लाग्यो फोकोको उचाईमा।।

छ गर्नुस् कर्ममा बिश्वास छैठी स्विकार्नुस् चित्त बुझाउँनुस्।
ढल्दछ भाग्य मन्दिरमा रगत बलि दिएको बोकोको उचाईमा।।

म सावित्री हुँ म सत्यवान हुँ ज-जसले गर्छ मपाईँत्व आफ्नो।
जुठो आखिर जुठोमै सड्छ के पुग्थ्यो ऊ चोखोको उचाईमा।।
गीता भट्टराई “संगीतप्रेमी”
इटहरी,सुनसरी।

तपाईंको प्रतिकृया