विज्ञान दिवस–२०७६ को सन्दर्भमा जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय -CDBT-TU_ तथा नेपलिज सोसाइटि अफ बायोटेक्नोलोजी (NSB-CDBT) को संयुक्त आयोजनामा मिति २०७६  एवम् गोष्ठी कार्यक्रम आयोजना हुने भएको छ । नेपालको जैविक प्रविधि क्षेत्र र राष्ट्र विकासमा यसको भूमिका विषयमा केन्द्रित रहेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम जीवविज्ञानका विद्यार्थी, वैज्ञानिक एवम् उद्योगपतिहरुप्रति लक्षित गरिएको छ । जीवविज्ञानका सबै संकायलाई एकै थलोमा समाविष्ट गर्न खोजेको उक्त कार्यक्रमको प्रमुख उद्देश्य नेपालमा जैविक प्रविधिसम्बन्धि ज्ञान र अनुसन्धानको महत्वलाई उजागर गर्ने रहेको छ ।
देशमा प्राविधिक शिक्षाको महत्वको कुरा चौतर्फी उठिरहंदा हरेक व्यक्तिको जीवनलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने जीव विज्ञान र जैविक प्रविधको अध्ययन र अनुसन्धान आजको प्रमुख आवश्यकता देखिन्छ । जीव विज्ञान र जैविक प्रविधिसम्बन्धि अध्ययन आज नेपालका सबै विश्वविद्यालयहरुमा हुन्छ । यसको सम्भाव्यता र उपयोगिता पनि नेपालमा प्रशस्त छन् तर यससम्बन्धि राम्रो जानकारी र सूचना एवम् अवसरहरुबारे थोरैलाई मात्र थाहा छ । यसैको परिणामस्वरुप नेपालका धेरै दक्ष जनशक्ति वर्षेनि विदेशिने क्रम बढ्दो छ जसले गर्दा ब्रेन ड्रेनको समस्याले देशलाई खोक्रो बनाइरहेको छ । देशमा रहेर जीव विज्ञान र जैविक प्रविधिमा केहि गर्छु भनेर लागेका युवामा पनि प्रेरणा र सहयोगको खांचो छ । यिनै कुराहरुलाई सशक्त रुपमा उठाउनको लागि नै यो कार्यक्रको आयोजन गर्न लागिएको छ ।
वक्तृत्वकला र सेमिनार गरी दुई चरणमा आयोजना हुन गइरहेको यो कार्यक्रमको पहिलो चरणमा देशभरका विश्वविद्यालय स्तरका जीव विज्ञानका विविध संकायमा अध्ययनरत विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रतिस्पर्धीहरुले वर्तमान अवस्थामा जीव विज्ञान र जैविक प्रविधिलाई राष्ट्रविकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा निर्धारित समयसम्म बोल्न पाउने छन् । करीब २० वटा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता अपेक्षा गरिएको उक्त प्रतिस्पर्धामा उत्कृष्ठ तीन प्रतिस्पर्धीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ जसमा प्रथम पुरस्कार रु दश हजार, दोस्रो पुरस्कार रु पा“च हजार र तेस्रो पुरस्कार रु तीन हजार रहेको छ ।
दोस्रो चरणको कार्यक्रममा जीव विज्ञान र जैविक प्रविधिको क्षेत्रमा नेपालमा हालको समयमा उद्यम गरिरहेका उद्यमी तथा उद्योगपतिहरु एवम् जीव विज्ञान र जैविक प्रविधिको क्षेत्रमा लामो समयदेखि अध्ययन अध्यापन गराइआएका प्राध्यापकहरुको प्रस्तुति एवम् सेमिनार रहेको छ । यसअन्तर्गत नेपालमा जीव विज्ञान र जैविक प्रविधिसम्बन्धि उद्यमका अवसर र चुनौतिसम्बन्धि प्रत्यक्ष उद्यमीहरुसंग छलफल गरिनेछ । देशभरका जीव विज्ञानका दिग्गजहरुलाई एकै थलोमा ल्याएर जैविक प्रविधिको वर्तमान अवस्थाबारे उत्खनन गरेर भविष्यमा जैविक प्रविधिसम्बन्धि अनुसन्धानका लागि देशमै अवसरहरु सृजना गर्नु र त्यसका लागि आवश्यक समझदारी स्थापना गर्नु नै यस कार्यक्रको उद्देश्य रहेको छ ।

तपाईंको प्रतिकृया