भदौ २३,काठमाडौं । ‘स्वधर्मे निधनं श्रेय, परधर्मो भयावह’ अर्थात जुनसुकै अवस्थामा पनि आफ्नो धर्म उत्तम हुन्छ तर अर्काको धर्ममा भने सदैव भयावह स्थीती रहन्छ । यिनै मान्यतालाई आत्मसाथ गर्दै हिन्दु राष्ट्र नेपाल आजको आवश्यकता हो भन्दै लेखक माधव प्रसाद उपाध्याय रिजाल(माधवानन्द)ले पुस्तक प्रकाशित गर्नु भएको छ । ‘राष्ट्रिय आव्हान’ नामक उक्त पुस्तकमा लेखकले पछिल्लो समयमा हाम्रो धर्म र संस्कृतिमा भएको प्रहारबारे लेख्नु भएको छ । विशेष गरि धर्म निरपेक्षका बारेमा असन्तुष्टि जनाउँदै धर्म निरपेक्ष केही सिमीत व्यक्तिहरुको स्वार्थका कारण लादिएको विचार व्यक्त गर्दै नेपाल जस्तो देशमा हिन्दुधर्म नै उपयुक्त रहेको बिचार व्यक्त गर्नु भएको छ ।

काठमाडौको नागार्जुन ७ स्थीत श्री देवादीदेव महादेव मन्दिर परिसरमा शिवपुराण आयोजनस्थलमा आज गरिएको उक्त पुस्तक विमाचन कार्यक्रमका प्रमुख अतिथिको रुपमा पण्डीत लक्ष्मी प्रसाद दुवाडी रहनुभएको थियो भने अन्य अतिथिहरुमा पूर्व सेनानी टंक वहादुर खत्री,गौरी पब्लिकेसनका अध्यक्ष दामोदर ढकाल, पण्डीत केशव राज पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेम मगरले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गौरी पब्लिकेसनका अध्यक्ष दामोदर ढकालले नेताहरुले लहडैलहडमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको भन्दै खेद प्रकट गर्नभयो । ढकालले लेखक माधवानन्दलाई यसरी नै लेखन कार्यमा लागिरहन शुभ कामना समेत दिनुभयो । माधवानन्दले यसअघि पनि ह्रदयका वेदना नामक कृति प्रकाशित गरिसक्नुभएको छ ।

 

तपाईंको प्रतिकृया