काठमाडौं, २२ भदौ । बुलबुल पब्लिकेसनको प्रस्तुति रहेको वाह गजल कार्यक्रममा गजलकारहरु गणेश प्रसाद खनाल,बिमला पोखरेल र विपिन खनाल गुञ्जिएका छन् । हरेक पल्ट फरक फरक स्रष्टालाई ल्याएर सञ्चालन गरिने गरिएको उक्त गजल वाचन कार्यक्रममा यस पटक गणेश,विमला र विपिनले उपस्थित सबै साहित्यप्रेमीको मन जितेका छन् ।

यस पटकको कार्यक्रमको संयोजन सानु कार्की , नवीन प्रधान, मर्मिक रोशन र अभिमन्यु पोखरेलले गरेका छन् । काठमाडौको कालिकास्थास्थीत सर्वनाम थिएटरमा भएको उक्त कार्यक्रमको सञ्चालन चर्चित गजलकार बाबु त्रिपाठीले गरेका थिए ।

कार्यक्रममा तीन चरणमा गरेर ८,८ वटा गजल बाचन गरिएको थियो । प्रतिभा भएर पनि मञ्च नपाएका गजलकारहरुलाई प्लेटफर्म दिनका लागि सुरु गरेको वा गजल लाई प्रस्तुत गर्न बुलबुलले सहयोग गरेको भन्दै सञ्चालक बाबु त्रिपाठीले बुलबुल प्रकाशन र अच्युत घिमीरेलाई धन्यवाद दिएका थिए । राजधानीमा हुने हरेक मेहेफिल हरुमा प्राय एउटै एउटै गजल सुनेर वाक्क भएका गजल प्रेमीलाई आजका गजलकारहरुले नयाँ नयाँ गजल सुनाएर मन्त्रमुग्ध बनाएका थिए ।

वाह गजलको यसपालिको कार्यक्रममा तीनै गजलकार राजधानी बाहिरका ल्याएर बाचन गराइएको हो जसमा अर्घाखाँचीबाट गणेश,कालिकोटबाट विमला रुपन्देहीबाट विपिनको सहभागिता रह्यो । उनीहरुले गजलका माध्यमबाट राजधानीलाई आफ्ना गाउँका पीडा समेत सुनाए ।

 

 

त्यसैले कार्यक्रमहलमा ताली र वाह वाह यति धेरै गुञ्जिएको थियो जसलाई हेर्दा कार्यक्रम साँच्चिकै वा गजल बन्न पुगेको थियो ।

कार्यक्रममा बिमला पोखरेलले पश्चिमको भाषामा गजल वाचन गर्दा हलमा उपस्थित सबै चकित भएका थिए । यो कार्यक्रम वा गजलको दोश्रो श्रृंखलाको रुपमा रहेको कार्यक्रमका एक संयोजक सानु कार्कीले नेपाल खवर डेलीलाई बताए । यो कार्यक्रमको उद्येस्य भनेकै प्रतिभा भएर पनि प्लेटफर्म नपाएका र अहिलेसम्म मेहेफिलमा नआएका नयाँ गजलकारहरुलाई चिनाउनु हो जसका लागि राजधानी वा राजधानीबाहिरबाट गजलकार चुनिने सञ्चालक बाबु त्रिपाठीले बताएका थिए । आज गजल बाचन गर्ने स्रष्टाहरुमध्ये केहीले प्रेमील गजल त केहीले राज्यसंगको विद्रोह बोलेका थिए ।

तपाईंको प्रतिकृया