गजल 


छल्केर आँसु धेरै छलछल मजा भएन
तिम्रो छ जिन्दगीमा तलतल मजा भएन

आँसु खसे पछिको हलचल मजा भएन
रूझ्दा परेली तिम्रा गाजल मजा भएन

तिम्रो शरीर दीयो हरपल मजा भएन
मेरा नजर फलान्छन् घायल मजा भएन

असिना खसाई बर्ष्यो बादल मजा भएन
हिलो रहेछ जीवन चप्पल मजा भएन

हल्लिन्छ छोई तिम्रो आँचल मजा भएन
हेर्छन् नियाली हावा पागल मजा भएन

स्रोत :- बहर बहार
रुक्न:- २२१ २१२२ २२१ २१२२
बहर:- मुजारे मुसम्मन अखरब

शाश्वत ढुङ्गाना गोविन्द
झापा

तपाईंको प्रतिकृया