गजल

आज उसको चाहनाले नराम्ररी रुवायो
बदलामा मेरो भावनाले नराम्ररी रुवायो

चोट दियो मानेँ तर फेरि उसकै खोजी
पलपलको सम्झनाले नराम्ररी रुवायो

बाहिर त हाँसेको देख्छन् देखाउनै पर्ने
बिछोडिएको बेदनाले नराम्ररी रुवायो

ऊ पन्छियो सजिलै नयाँ बाटो खोजेर
म गलेँ बेकार सहनाले नराम्ररी रुवायो

बैँस सबैलाइ आउँदो हो बढी उम्लिएँ
साँच्चै उत्ताउलोपनाले नराम्ररी रुवायो।
सरु बस्नेत

तपाईंको प्रतिकृया