लघु कथा : सङ्घीय गणतन्त्र
[सुरेन्द्रलाल भुजु]

असल बहादुर वाग्ले मेयरमा निर्बाचित भए । उसले शपथ ग्रहण लगत्तै भाषण गर्यो म राजनिती गरेर समाज सेवा गर्न आयको हु,अरु जस्तो कमाउन आयको होइन। भगवानको कृपाले मलाई खान लगाउन बाउ बाजेकै सम्पतिले पुग्छ म तलब पनि एक पैसा लिन्न मेरो तलब गाउँमा पढ्न नपाएका बच्चाहरूलाई पढाउन कोष बनाउंछु।कसम खान्छु म एक पैसा अनियमितता गर्दिन अरुलाइ गर्न पनि दिन्न।
नगर कार्य समितिको बैठक बस्यो।गाडी किन्ने बजेटले गाडी नकिनी डोजर किन्ने निर्णय गर्यो।उक्त निर्णयको सबले तारिफ गरे।राष्ट्रिय स्तरका पत्रपत्रिकामा ठुलो ठुलो अक्षरले समाचार लेख्यो।सामाजिक संन्जाल लगायत जताततै मेयरको वाहवाहि भयो भाइरल नै भयो ।कोहि कमेन्ट गर्नेले भगवानको नयां अबवतार सम्म भन्न भ्याए।
केही दिनमै बिना प्राबिधिक अध्यन डोजर चालकको तजबिजमा बाटो शुरु गर्यो।एकाध महिनामै ठाँउ ठाउँमा बाटो पुग्यो। ।मेयरको कंपनिको नाममा एवं आफ्नो मान्छेहरुको नाममा किनेको ठाँउ ठाको थुप्रोजग्गामा बाटो पुर्‍यायो। एक पैसा पनि कमाउन्न भन्ने मेयरले घडेरी बेचेर एक डेढ अरब मात्र हात पारे।

भ न पा ३ भक्तपुर

तपाईंको प्रतिकृया