पाब्लो नेरुदा

स्वास्नीमान्छेको शरीर – सेता हिमाल, गोरा तिघ्राहरु
हातखुट्टा छाडी लम्पसार परेको धर्तीजस्तो देखिन्छ्यौ तिमी
मेरो खस्रो ज्यापू शरीर खोस्रन्छ तिमीलाई,
धर्तीको गर्भबाट छोरो फाल हाल्ने गरी ।

म सुरुङ्गजस्तै एक्लो थिएँ, चराहरु तितरवितर हुन्थे मबाट
पेचिलो धावा बोलेर मलाई दलदलमा फसाउँथ्यो रात
आफ्नो ज्यान जोगाउन तिमीलाई हतियारमा ढालें मैले
धनुमा चढाउने कांडजस्तै, झटारोमा हान्ने ढुंगाजस्तै ।

तर प्रतिहिंसाको घडी बज्छ, म माया गर्छु तिमीलाई
छालाको, काईको, ब्यग्र र न्यानो दूधको तिम्रो जीउ
ओह वक्षका ती प्यालाहरु ! ओह गैर हाँजिरीका आँखाहरु
ओह नारी अंगका गुलाफहरु ! ओह तिम्रो आवाज, कति मत्थर र विषद !

मेरी बुढीको शरिर, तिम्रो हिसिमा अडिग रहनेछु म
मेरो तीर्खा, मेरा अपरिमित रहरहरु, अनि सर्दै सर्दै गएका मेरा बाटाहरु !
अँध्यारा नदीका पींधहरु जहां तीर्खा बहन्छ अजर अमर भएर
अनि खिन्नता पछ्याउंछ, अनि अपरिमित वेदना ।

रेकर्ड नेपालबाट साभार

तपाईंको प्रतिकृया