गजल

भेट हुँदा बोलौ बोलौ लाग्ने त सुरुसुरुमा हो
मनको कुरा खोलौ खोलौ लाग्ने त सुरुसुरुमा हो

पत्थर सरि कठोर तिम्रो त्यो मन अनि मुटुमा
नौनी झै माया घोलौ घोलौ लाग्ने त सुरु सुरुमा हो

बाहिर ठूलो पानीको बर्षात भित्र प्रेमिल मौसम
जवानीको रापले पोलौ पोलौ लाग्ने त सुरुसुरुमा हो

मायाको घैलो नभरिने जति कोसिस गरेपनि
ज्यान् कै बाजि मोलौ मोलौ लाग्ने त सुरुसुरुमा हो

मलाई कति माया गर्छौ भनी परिक्षा लिन
मायाको तुलोमा तोलौ तोलौ लाग्ने त सुरुसुरुमा हो

चन्द्रकला अधिकारी

तपाईंको प्रतिकृया