गजलकार सृजना ढकालको नयाँ गिती गजल भिडियो सार्वजनिक भएको छ । व्यूँझिएर बितिगयो बोलको उक्त गीतमा गायक राज सागरले स्वर दिएका छन् । गीतमा श्रेया महर्जन,शिव गिरी र सृजना ढकाल स्वयंको समते अभिनय देख्न सकिन्छ ।

गीतमा एउटा विवाहित पुरुष र अविवाहित महिला बीचको प्रेम प्रसंग देखाइएको छ ।आजकालका श्रीमानहरु घरमा श्रीमती हुँदाहुँदै पनि बाहिर केटी देखेपछि कतिको आकर्षित हुन्छन,भावुक हुन्छन र मायाजालमै परिहाल्छन भन्ने कुरा भिडियोमा देखाइएको छ ।

अनुराग अधिकारीको निर्देशनमा बनेको उक्त भिडियोको छायांकन पुष्कर थापाले गरेका छन भने सम्पादन किशोर सुवेदीले गरेका छन् । गीतलाई सङ्गस नेपाल नामको युट्युव च्यानल मार्फत केही दिन अघि सार्वजनिक गरिएको हो । गीत गजल लेखनमा अव्वल रहेकी पोखरा निवासी सृजना ढकालका यस अघि पनि केही गीत गजल रेकर्डिङ भइसकेका छन् ।

तपाईंको प्रतिकृया