गजल

सँगै बिताएको रात सम्झिएँ, तिमी गए पछि
तिमी अनि तिनै हात सम्झिएँ ,तिमी गए पछि

राख्छु भन्थ्यौ सधैंभरि मन मुटुमा सजाएर नै
झुट्टा ती पिरतीका बात सम्झिएँ ,तिमी गए पछि

जे जे बिर्सनै पर्ने थियोे त्यहीँ सम्झियो मनले
घात गर्ने प्रेमीको जात सम्झिएँ,तिमी गए पछि

केबल याद बनेर रहें बिगतमा बिताएका पलहरु
हास्दै दिएको मीठो घात सम्झिएँ, तिमी गए पछि

रमाउनेहरु रमाउदै थिए तिम्रो-मेरो साथ छुट्दा
त्यहीँ रमाउनेको जमात सम्झिएँ,तिमी गए पछि

रोमा लम्साल “अन्योल”
हाल काठमाडौं

तपाईंको प्रतिकृया