[रोमा न्यौपाने]महिना मंसिरको थियो।जताततै धानका बाला झुलेका थिए।मनमोहक थियो! किसानको खुसी लोभ लाग्दो!
म एघार मा पढ्दै थिए ।
छुट्टीको समय धान काट्दैमा सकिने भयो !साथीसंगीसँग काम गर्नु पनि छुट्टै रमाईलो थियो।
यस्तै मंसिरको दिन कसलाई फुर्सद हुन्थ्यो र, तर पनी घरमा मेरो बिहेको कुरा चल्न छोडेको थिएन।
मलाई भने खुब पढ्ने रहर थियो।
एक दिन !आफन्त बाट नै मेरो बिहेको लागि प्रस्ताब लिएर आउनु भयो। आमा बुबा लाई पनी के छोरीको बिहे गर्नु थियो खुसी किन नहुनु उहाँहरूलाई घरमा नै आउन आग्रह गर्नु भयो।
मलाई पनी रातभरी आमाले सम्झाउनु भयो। ।बुबाको रिस अली कडै थियो। अनी समाजको इज्जत राख्नु नै आमा बुबाको कुरा मान्नु थियो। मान्नै पर्यो समाज अनि ईज्जत् कै लागि पनि मन भने दोधार मा रहने नै भयो !!
भोली पल्ट आफन्त संगै केटा र उहाँको आमा बुबा घर आउनु भयो! मैले चिया पकाएर सबैलाई दिए।कोठामा गए। मनमा भने बिहे होईन पढ्ने थियो तर घर समाज::अनेकौ कुरा मनमा आए।
कुरा गर्दै जादा आमा बुबालाई केटा मन पर्यो। बुबाले छोरी दिन्छु भन्ने बचन दिनु भयो ।
यतीकैमा छोरीसंग पनी कुरा गर्नु ।बाबु !भनेर बुबाले भन्नु भयो।म कोठामा थिए ।उहाँलाई लिएर ममी आउनु भयो । यसो हेरे ठिकै हो नराम्रो पनि होईन अती राम्रो पनी होईन ।फ्रेन्च कट दारी काटेको रहेछ। मलाई पनी केटाले यसरी दारी काटेको मन र्परथ्यो ।कुरा गर्ने अबसर पाएं ! नाम सोधे उहाले रबिन शर्मा भन्नु भयो जब पनी गर्नुहुन्थ्यो रे ।।
कुरा गरे म बिहे पछि पढ्छु भने उहाँले हुन्छ भन्ने कुरा गर्नु भयो।म खुसी भएः।
हाम्रो बिहे बुबा आमाले पक्का गर्नुभयो । मंसिरकै अन्तिम दिन बिबाह भयो!
संस्कृति संस्कार पनि कस्तो खै!जन्मेको घर आफ्नो नहुने कसले यो रित बनायो? किन बनायो?के का लागी बनायो ?यस्तै यस्तै प्रश्न मनमा बटुलेर जन्मघर छोडे!
समय बित्तै गयो ।हरेक समस्यासंग सामना गर्नु पर्यो जीबन सोचे जस्तो कहाँ हुदोरहेछ र? पढाई पनी पुरा गर्न सकिन! छोडे बिहे पछी। खासै नबोल्ने घर पनि कम आउने !झर्कीने साना साना कुरामा पनि रिसाउने! उहाको बानी ! मनको पिडा कसलाई सुनाउ कहां जाउ जसरि जीबन चलाउनु नै पर्यो । बाच्न खानु नै पर्यो! सगै भएपछि माया त पक्कै लाग्छ । बर्ष दिन पुगे पछि उहा अचाकन बिरामी हुनुभयो ।हस्पिटल एक्लै जानु भयो । म जान्छु भन्दा पनि दिनुभएन। राती राती खै के औषधी हो लुकेर खाएको मैलै देखेको त थिए। तर खासै वास्ता गरिन । पछि सोधे सामान्य हो!
कम्जोरी अनि ज्वरो ले गर्दा बिरामी भा हो ठिक हुन्छ ।औषधी छ भन्नु भयो।समय बित्तै गयो ।उहा टाडा भएको आभाष मात्र भयो !कती रातहरू कल्पदै बिते।रूदै बिते!भोक भोकै अनिदो हुदैं! म यसरी बसे पनि कसलाई के वास्ता भयो र दिन भरीको काम गरे पछि पुग्यो ।काम कै मायालु त हुन सबै मेरो के खोजी र घरकालाई!
समय बित्तै गयो शरिर कम्जोर देखिन थाल्यो हरेक लक्ष्ण देखीदै गएँ सधै ज्वरो आउन थाल्यो खाना पनी नखाने निकै बिरामी भएपछि मैले नै हस्पिटल जान जिद्धी गरे पहेले नै जाँच गरेको हस्पिटल जान्छु आऊ भन्नु भयो।
सायद डांक्टर संग पुरानो चिनजान थियो कुरा गर्दा मैलै अनुमान लगाए। थाह नहोस् या त कुनै दु:ख नहोस भनेर सबै कुरा डाक्टर आफैले ख्याल गर्नु भयो । ठीक हुन्छ रबिनलाई नआत्तिनु भनेर भन्नु भयो।
म पनि डांक्टरले भने पछी खुसी भएँ। जती गर्दा पनी उहाँको स्वास्थ्य मा सुधार आएको थिएन क्रमश तीन दिन पछि झन गाह्रो भयो उहाँलाई।
अन्तिम दिन आजै हो जस्तो आभाष भयो ।तर मन बुझाए किन कि म हस्पिटल थिए ।यस्तै चौथो दिन उहाले म संग बोल्न खोज्नु भयो। मसंग नजिक हुन खोज्नुभयो अतालिनु भयो आफै भित्र हराउनु भयो।म नजीकबाट नियालिरहेकी छु। काजल उहाँले बोलाउनु भयो।
हजुर!!
आज मैले तिमीलाई यी कुरा भन्नै पर्छ।
गल्ती मेरो हो तर मेरा आमा बुबाको होईन।बिहे हुनु भन्दा पहिले म भारतमा बस्थ्ये । उतै काम गरे ।लामो समयको बसाई रमाईलो मै बिताए। नेपाल आउने बेला भाएको थियो। म यसै गरि बिरामी हुदाँ साथीहरूले हस्पिटल लगे। मेरो ब्लड रिपोट आयो। म छागां बाट झरे झै भएँ। हो मेरो मृत्यु मेरै अगाडी आयो ! एच आई भी एड्स बनेर। औषधीको सहारामा जति दिन बाच्ने पनि नेपाल आएं ।घर परिवार समाजमा मैले मेरो रोगलाई लुकाए । आमा बुबाको कुरा काट्न सकीन न त मेरो मृत्यु हुनेवाला छ भन्न सके। उहाहरूकै कर कापमा समाजमा मैले तिमीसंग बिहे गरे।
म त जादैछु यो संसार छोडेर। अनि तिमीलाई पनि! तिमीलाई मैले तिम्रो मृत्यु दिएर गएं !एच आई भी एडस बाट तिमीलाई टाडा राख्न सकिन !
अन्तिम शब्द उहाको यही थियो!
अब मेरो अबस्था कस्तो भयो ?कस्ले कल्पना गर्छ।मसंग एच आई भी एडस् छ रे सुन्दा सपना जस्तो लाग्यो।रूख ढले झै मेरो होश हरायो ! उहा त एक पल्ट मर्नु भयो तर म पटक पटक मर्नेछु। घरमा सम्पूर्ण कुरा थाह भयो! गालि गरे। धिकारे के भो जो मान्छे नै हामी संग छैन।
समय बित्तै गयो। मलाई घरबाट छि छि दूर दूर गर्न लागे।मलाई छुन मानेन् । मैले छोएको समान समेत रोगी भयो।एक एक गरि घर साथी आमा बुबा समाजको घृणीत पात्र बन्दै गएं ।सबै टाडा भए कुकुरलाई जस्तो ब्यबहार गर्न थाले।मेरा सम्पूर्ण सामान गिलास समेत अलगै राखिन थाल्यो।
म जिउदै मरे तुल्य भंए।
के मलाई एडस लाग्नु मेरो गल्ती थियो।आमा बूबाको पनि के गल्ती ?
बिहे गरेर दिदा “शिक्षा को प्रमाण पत्र सोधे तर निरोगीताको खोजेनन्”” !!
सायद मेरो भाग्य नै यस्तै रहेछ। जीवन नै आँसु बन्यो।रोए कराए तर मर्न सकिन ।उहाँसंग गर्ने कयौ प्रश्न छन्।उहाको मृत्यु अगाडी आयो अबसर पाईन त्यो घर समाजमा बस्न सकीन। फर्केर आउने बाचा लिएर गाँउं छोडे!
झापा मा फुपु दि को घर थियो।मेरो सबै कुरा थाह थियो।म सबैकुरा छोडेर झापा गएं। माईती नेपालले म जस्तै मान्छेका लागी सिपमुलक सिप सिकाउने रहेछ। दिदी बाट थाहपाए।
खान बस्न फ्री रहेछ। म दि को बाट धरान गएं। त्यहा पुग्दा म जस्तै रोगबाट ग्रसित धेरै साथी भेटे।
कोही रहरमा मोज मस्ती गर्दा। कोही गल्ती गरेर त कोही रगत लिएर एच आई भी एडस् रोगबाट ग्रसित थिए ।उनीहरूको भिडमा मेरो शरिर भित्रको रोग आफ्नै श्रीमान् को थियो। म त्यही बस्न थाले। सबैको माया सहयोग पाएं।
औषधी त मेरो जीवन साथी भयो ।सिलाई कटाई सिके म मा बाच्ने रहर जाग्यो।मलाई जस्तै अरू छोरी दि बहीनीलाई रोग नलागोस् भनि चेतना दिने अभियानमा लागे। फेरी झिनो आशा लिएर म ताप्लेजुड़ंग गएं ।सिप छ गाउंमा गएर टेलर खोले!सबैलाई सिप दिए !चेतना दिएं ! सबैमा खुशी छरेर जीवन बिताए। रोग लागे पछि राम्रो काम गर्न सकिन्छ हो उदाहरण स्वयम म नै हुँ ।
सबैको माया पाएं यसमा रमाएं!अरूको मृत्यु अनिश्चित छ फरक यती हो मेरो मृत्यु निश्चित छ! !!!!

हो वहाँले सजिलै छोडेर जानु भयो तर उपहारमा रहेको एच आई भी एड्स ले मलाई छोड्न सकेन””:
बिहे पछि उपहारमा पाएको मृत्यु मैले छोड्न सकिन!

तपाईंको प्रतिकृया