खाेटाङकाे विकट गाउँमा जन्मेका विश्व उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्कीलाई भारतको प्रसिद्ध नेस्नल एक्सिलेन्ट पुरुस्कार 2019 र विश्व कीर्तिमानकाे प्रमाणपत्र समेत मिलेको छ । 2009 देखि उदयपुरको सदरमुकाम गाईघाटमा विभिन्न हाट बजारमा उल्टो माेटरसाईकल यात्रा गरेर सबैलाई चकित बनाउदै आएका कार्कीलाई भारतको राष्ट्रिय पुरुस्कार छनाेट समितिले उचित ठहर्‍याएको जनाएको हो । नेपालको तर्फबाट गरिव असाहय अशक्त अपांगता भएको ब्यक्तिलाई समेत सेवा गर्दै आएका कार्कीलाई यो सम्मान बाट सम्मानित गरिएको जनाइएको छ ।

2011 मा शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गराै पर्यटकलाई आकर्षित गराै भन्ने नारा सहित मेचीदेखि महाकालीसम्मकाे यात्रा सम्पन्न गरेका कार्कीलाई विश्व रेकर्डकाे लण्डन कार्यालय र भारत शाखाले विश्व रेकर्डकाे प्रमाणपत्र हस्तान्तरण गरेको थियो । कार्कीलाई लण्डन अमेरीका भारत ४० भन्दा बढी देशका प्रतिनिधि तथा नेपालका उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले नेसनल एक्सिलेण्ड अवार्ड संगै विश्व किर्तिमानीकाे प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । कार्की समाजिक क्षेत्रमा समेत सक्रिय भएको उनलेे बाढीबाट विस्थापितलाई ६ भन्दा बढी घर बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताइएको छ ।

कार्की अहिले कीर्तिमानी युवा संघ नेपाल केन्द्रीय अध्यक्ष समेत रहेको छन् । कार्की समाजिक क्षेत्र संगै पत्रकारितामा समेत आवद्द रहेको छन् । कार्यक्रम भारतको मध्ये प्रदेशको इन्दाैर स्थित हाेटल म्यारिटकाे सभाहलमा सम्पन्न भएको विश्व कीर्तिमानी भारत शाखाका अध्यक्ष सन्ताेष सक्लाले बताएका छन् ।पत्रकारितामा समेत रुचि राख्ने कार्की नेपाखवर डेलीका पूर्वाञ्चल सम्वाददाता समेत हुन कार्कीलाई नेपाल खवर डेलीको तर्फबाट पनि हार्दिक बधाइ दिन चाहन्छौं ।

तपाईंको प्रतिकृया