भदौ,६ काठमाडौं । नेपाली साहित्यको क्षेत्रमा विविध गतिविधीहरु सञ्चालन गदै आएको नोबेल साकोस साहित्य प्रतिष्ठानले साहित्य श्री नामको साहित्यिक पत्रिका प्रकाशित गर्न सुरु गरेको छ । त्रैमासिक रुपमा प्रकाशन गरिने यस पत्रिकाको पहिलो अंकलाई भने साहित्य श्री स्मारिकाको नाम दिइएको छ । प्रतिष्ठानले स्थापनको पाँचौ बर्ष पुरा गरि छैठौ बर्ष लागेको अवरसमा उक्त नयाँ कार्यको थालनि गरेको हो ।

यो संस्थाले विगत देखि नै अन्य संस्थाले भन्दा भिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जस अनुसार मासिक रुपमा रचना वाचन र वार्षिक रुपमा विभिन्न आठ विधामा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ जसबाट स्रस्टाहरुलाई सम्मान र हौशला मिल्दै आएको छ । साहित्यको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्ने आफूहरुको धेय रहेको भन्दै सोही शिलशिलामा साहित्यिक गतिविधी प्रकाशित गर्दै साहित्यलाई बिश्वमाझ चिनाउने आफूहरुले नियमित पत्रिका प्रकाशन गर्ने निधो गरेको संस्थाका संस्थापक संयोजक एवम प्रधान सम्पादक राजन प्रसाद न्यौपानेले बताए ।

नोबेल सपि बचत तथा ऋण सहकारीको उप समितिबाट सुरु गरेको साहित्यिक यात्रा करिव आधा दशकको अवधिमा निकै अघि बढेको भन्दै प्रतिष्ठानकी अध्यक्ष एवम पत्रिकाको प्रमुख व्यवस्थापक सरस्वती गौतमले आफूहरुले साहित्य श्री पत्रिकालाई साहित्य जगतमा सबैको साझा,मनोरम र उत्कृष्ट, बगैंचा बनाउन खोजेको कुरा व्यक्त गरिन् । यसैगरि साहित्य श्री साहित्यिक पत्रिकाका सम्पादक सुशीला ढकाल अधिकारीले साहित्य श्री साहित्यिक पत्रिकाको बारेमा नेपाल खवर डेलीलाई बताउदै भनिन,‘साहित्य श्री पत्रिका यस्तो एउटा फूलबारी बन्नेछ जहाँ थुप्रै सुन्दर फूलहरुको सम्रक्षण हुनेछन । यो एकमात्र यस्तो साहित्यिक फुलबारी हो जहाँ नयाँ पुराना सबै फूलहरुको उतिकै संरक्षण गरिनेछ । ’ अधिकारीले आफूलाई साहित्यिक क्षेत्रमा यति ठूलो पहिचान बोकेको संस्थाले सम्पादक जस्तो गरिमामय पद दिएर कार्य गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिंदै पत्रिकालाई स्तरिय बनाउन आफू र आफ्नो टीम लागिपर्ने बताइन् ।

पत्रिकाको आगामि अंक यहि भाद्र ७ गते शनिवार नोबेल साकोस साहित्य प्रतिष्ठानको कार्यालय पुरानो बाँनेश्वरमा बिमोचन गरिने समेत सम्पादक अधिकारीले बताइन् । साहित्यिक समाचार र स्रस्टाहरुका रचना नियमित प्रकाशन गरेर नेपाली साहित्यिक फाँटमा विशेष योगदान दिन सफल रहोस नेपाल खवर डेलीको तर्फबाट पनि साहित्य श्री साहित्यिक पत्रिकालाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।

तपाईंको प्रतिकृया