गजल

यो कुरा त सबै लाई अवगत हुन सक्छ
प्रेमको मामिलामा पनि बिपत हुन सक्छ

म मदहोस छु प्रिया तिम्रो प्यारको नसाले
तिमी छेउमै छौ कुनै पनि हरकत हुन सक्छ

धामि झाक्रि डाक्टर खोज्दै नधाउनु होस्
हेर्नुहोस त मुटुमा पिरतीको खत हुन सक्छ

म यस कारण प्यारको मामिला देखि दुर थिए
किनकी कुनै पनि बेला खुसीहरु जफत हुन सक्छ

उस्ले आमा बा बिर्सियो बिर्सियो सब थोक बिर्सियो
मेरो अनुमानमा उस्लाई प्रेमिकाको लत हुन सक्छ

गोबिन्द बोहरा

तपाईंको प्रतिकृया