गजल


न भोग दिनमा न निन्द्रा रातमा राखेर
उनी हासेर गइन जीवन बर्बाद मा राखेर।।

कुनै पाटीको झण्डा बोक्नु पर्दैन युबाले
बस चन्द्र बोक सुर्य बोक काँधमा राखेर।।

मुटुमा सजायर उनलाइ बहुत गल्ती भो
बरु निमोठि दिए हुन्थ्यो हातमा राखेर।।

प्रदेसीले चाहेर आँसु पुछ्न सक्दैन आमा
बरु मिठा याद पठाउँला बतासमा राखेर।।

देस बनाउन हिडेका भतुवाले बिर्सेका छन
देश बन्ला रबि जस्तालाइ समाजमा राखेर।।
हिक्मत शाही क्षितिज
मुगु रारा हाल, काठमाडौ

तपाईंको प्रतिकृया