देशलाई छ उसको खाँचो

म मरेर सकिसके
जलेर खरानी बनिसके
धर्तीमा गलिसके
मार्दैछु कि मार्दैछन् सास
उडेर जाने बेला सम्म म
आफै अन्योलमा परे
म मरेर सकिसके
जलेर खरानी बनिसके
धर्तीमा गलिसके
सबुतमा छ डोरीको पासो
छैन संसारमा मेरो नासो
किन राख्दैछ यति धेरै
मरेको मान्छेको चासो
म मरेर सकिसके
जलेर खरानी बनिसके
धर्तीमा गलिसके
छोडेदेउ देशलाई छ उसको खाँचो
अत्याचारीलाई डर भो छोडिए
भेटिन्छन् सत्यताको साचो
लुटिएको छ देशमा हजारौंको हाँसो
म मरेर सकिसके
जलेर खरानी बनिसके
धर्तीमा गलिसके
मेरो देशमा परेको छ सतीको सराप
यहाँ न्याय र प्रसासन नै छ खराप
मरेर जाँदा पनी बन्यो कसैको जिन्दगी धराप
मेरो मृत्यु एक बिश्वयुद्ध बन्दैछ
देख्छु त्यो धर्ती पनि रुदैछ
पुग्यो न्याय पाउनु छैन अब
मर्छ आशा निर्मला पन्तको हत्यारा
घुम्छ खुलेआम जब
छोडदेउ देशलाई छ उसको खाँचो
निर्दोषलाई थुन्दैमा कहा भेटिन्छ
सत्यताको साचो
म मरेर सकिसके
जलेर खरानी बनिसके
धर्तीमा गलिसके
देशलाई छ उसको खाँचो

बिजयीता भण्डारी
मेचीनगर ४ झापा

तपाईंको प्रतिकृया