कविता – पुन: फर्क आउ

सम्झेर आज रसिला दिन ती उज्याला
लेखिरहेछु मन भाव अहा मजाका
निस्वार्थ मोह ममता तिमीमाथि राखी
लेख्दैछु भाव दिलका वुझी पृय साथी

थियौ तिमी कति खुला मनकी धनी पो
त्यो चन्चला पन मिठो भन खै कता गो
उदास आज अति छौ किन खै त हाँसो ?
भन्थ्यौ मृदुल ममता म त लिन्छु नाँसो

ती वाक्य शव्द गहिरा भन खै कता छन
हराई स्वप्न सव ती दिल शुन्य पो झन
देख्दैछु खिन्न अनि कुण्ठित भावनाकी
स्थुल माम्श कसिलो रुपमा मजाकी

राँको म देख्छु दिलमा किन वालदै छौ
कुण्ठा अतृप्त मनमा किन पालदै छौ
सम्झेर दिन रसिला पून: फ़र्क़ आउ
त्यो वाल्य जीवन जसै मन लौ सजाउ
अम्बिका अधिकारी

तपाईंको प्रतिकृया