कविता -‘रारा’ (झ्याउरे)

कालीज डाफे नाच्छन सधै मलाई हेरेर
देखिन्छु हेर्नुबिहान बेल्का म रुप फेरेर
अटल नै छ शिरमा मेरो चंखेली हिमाल
यो जन्मभूमि बिकट हुदा मेरो छ बेहाल

मनको ईच्छा मनैमा रयो संसार चिनिन
नेपाली धेरै देखिए यहाँ पैसामा किनिने
म भित्र पनि अथा,छ बुझ्नु दुःखको सागर
फेवा झै बन्ने मलाई पनि छ ठुलो रहर ।

मलाई अर्को नामले चिन्नु महेन्द्र भनेर
सम्भव छैन म संग रम्ने यी माछा गनेर
अैसेलु,खादै काफल खादै हेरउला मलाई
छायाँनाथ गई वर मागि आउला रमाई ।

चिमालो फुल्छ गुराँस फुल्छ सजिन्छु जब म
यो जन्मभुमि मुगु नै हाँस्छ नाच्दछु तब म

दलु बुढा निश्चल
खत्याड २ मुगु रारा

तपाईंको प्रतिकृया