[अर्जुन राज पन्त]

व्यंग्य कविता
फूलकै माला लगा हुन्थेउ जँहै गए पनि
स्याउकै माला लगाइ आछौ अच्मैको बनि
गरेउ कि त आविस्कार केहि दुरदराजमा आज
एप्पल ब्रान्डको स्मार्ट माला बिश्व बजार माझ

ट्याबलेट ,ल्यापटप ,घडी र फोन आकै थिए बनि
बनायौ कि आज कतै एप्पल माला पनि !
कस्तो फिचर लिइ आयो आज यसो गरि
एप्पल ब्रान्डकै सामान सरि छाओस बिश्व भरि

सोलार बाट चल्ने हो कि लाग्छ ब्याट्री पनि ?
तामे तार पो उन्या छ कि चार्ज गर्नलाइ भनि !
क्यारि उनेउ माला त्यसतो क्यारि सफ्टवेयर भरेउ ?
कारखानामै हालेउ कि त तिम्रै हातले गरेउ !

दुर्गममा फलि कुँहिने अमृत सरि फलले
माला बनि बिक्दा आज नेता ज्यूका बलले
मूहार फिरोस ति किसानको जस्ले यो फल लाए
नेता ज्यूको कृपाले यि बिश्व बजार पाए

किसान मात्रै हैन होला अब देशै पनि
एप्पल माला बेचिकन हुन्छ होला धनी !
बहुराष्ट्रिय कम्पनि त्यो आउछ होला गाउँमा
एप्पल माला निर्यात गर्न उसले अनेक ठाउँमा

अविस्कार नभै कतै हो यो भने रहर
माला लाउनि यस्तो रहर होला फेरि जहर
स्याउका दानमा कहिँले काँहि गुटुमुटु परि
झुसिल्किरो पनि लुक्छ नदेखिने गरि

मेसै नपाइ जे को पनि माला लाउदा खरि
सल्किएला झुसिल्किरो तिम्रा हर भरि
उद्घाटनमा भने पछि जे मा पनि जादा
मख्ख परि जे का पनि लाउदा माला खादा

पछुताउन पर्ला फेरि आफ्नो बानि हेरि
जे को पनि मालै लाउदा मौका भेट्दा खेरि
सुन्दैछु है खुल्ने हो रे सिस्नो फारम पनि
सुकाएर धुलो बनाइ निर्यात गर्न भनि

उद्घाटनमा जाउला फेरि सिस्नो फारम तिर
होसै नपाइ माला लाउला पर्ला ठूलो पिर !
( ब्यङ्ग्य कवि पन्तको कोइली खण्डकाब्य छिटै बजारमा आउदैछ)

तपाईंको प्रतिकृया