रोबर्ट हेइडेन (अमेरिका)

आइतबार पनि, मेरो बुवा चाँडै उठ्नुहुन्थ्यो
र सङ्लिन बाँकी नीलोकालो अध्यारोमा लुगा लगाउनुहुन्थ्यो
र साताभरिका अन्य दिनहरूको प्रतीकूल मौसममा
उहाँले गरेको मदजुरीबाट चर्चरी फुटेर दुखिरहने हत्केलाले
आगो फुक्नुहुन्थ्यो । तर कसैले देख्नथ्यो उहाँको गुन ।

म उठ्थेँ, र सुन्थेँ चिसो चोइटिरहेको, फुटिरहेको
जब कोठा न्यानो हुन्थ्यो, उहाँ मलाई बोलाउनुहुन्थ्यो
म सुस्तरी उठ्थेँ, र लुगा लगाउथेँ
त्यस घरको दीघ आक्रोशसँग डराउँदै
जो वेवास्ताको भाषा बोल्थ्यो
मेरो बुवाप्रति, जसले अँध्यारो भगाउनुहुन्थ्यो
र मेरा चर्च जाने जुत्तामा पालिस लगाएर चिटिक्क पारिदिनुहुन्थ्यो ।
त्यस बेला, मलाई के थाह, साँच्चै के थाह —
मायाको पवित्र तर एक्लो स्वभाव कस्तो हुन्छ भनेर !

तपाईंको प्रतिकृया