१ भदौ,काठमाडौं । परिवर्तन मिडिया प्रा.लि द्धारा सञ्चालित नेपालखबरडेली आज भाद्र १ गतेबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । विकास पत्रकारिता,परोपकारी पत्रकारिता र सकारात्मक पत्रकारिताका लागि नेपाल खवरडेली भन्ने मुल मन्त्रका साथ स्थापना भएको यस अनलाईन पत्रिकाले दुई वर्षको छोटो यात्रामै लाखौं पाठकको मन जित्न सफल भएको छ । यस पत्रिकाले आफ्नो सिद्धान्त अनुरुप नै परोपकारी,विकास र सकारात्मक पत्रकारितामा निरन्तर कलम चलाउदै आएको छ ।पछिल्लो समय  नेपाली साहित्यलाई बिश्वमाझ चिनाउन समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपाली मिडिया जगतले साहित्यलाई अपेक्षा गरिरहेको सन्दर्भमा सातामा सातैदिन साहित्यिक गतिविधीहरु प्रकाशित गरेर साहित्यप्रेमी र सर्जकहरुमाँझ समेत यसले आफ्नो छुट्टै अस्थित्व देखाउन सफल भएको छ ।

 

आजको यूग सञ्चारको यूग हो यो सवैमा सर्वविदितै छ । यसमा पनि अनलाईन पत्रकारिता हिजोआज धेरै नै प्रभावकारी बन्दै गएको कुरा पनि नकार्न सकिन्न । यसै सन्दर्भमा आधुनिक पत्रकारिताको माध्यमका रुपमा नेपालखबरडेली डटकमले विश्वमा भएका सबैखवरहरु छिटो भन्दा छिटो सत्य तथ्यका रुपमा प्रेषित गरेर आफूलाई एक विश्वसनीय अनलाईनको रुपमा प्रस्तुत गरेको छ ।छोटो अवधिमै नेपालखबरले एउटा उचाइ लिएको छ । यसमा साथ,सहयोग र समर्थन गर्ने सबै शुभेच्छुकहरुलाई टीमको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं । विगतका दिनमा पाठक र शुभेच्छुकबाट पाएका सुझाव, प्रतिक्रिया र आलोचनाले हामीलाई अगाडि बढ्ने थप शक्ति दिएको छ । तेस्रो वर्ष प्रवेशको यो अवसरमा सबै पाठक, शुभेच्छुक र विज्ञापनदातालाई धन्यवाद दिन चाहन्छौँ ।

दोश्रो वर्ष प्रवेशको अवसरमा हामी आफ्ना प्रतिवद्धता पुन दोर्होयाउन चाहन्छौँ, सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा हामी अझै प्रखर रुपमा आउने छौं। राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति नेपालखबरडेली सधैँ प्रतिबद्ध रहने छ।

तपाईंको प्रतिकृया