काठमाडौं : वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ। पत्रकार कनकमणि दीक्षितले बिहीबार बिहान दीक्षितको निधन भएको ट्‍विटरमा लेखेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले लेखेका छन्। उनी ९७ वर्षका थिए।

दीक्षितले ‘माधवी’ उपन्यासका लागि २०३९ सालको मादन पुरस्कार प्राप्त गरेका थिए।  २०१४ सालदेखि पत्रकारिता थालेका मदनमणि दीक्षितले ३९ वर्षसम्म सक्रिय पत्रकारितामा आफूलाई भिजाए । उनको सम्पादनमा प्रकाशित ‘समीक्षा’ पञ्चायतकालभरि शासकहरूको बक्रदृष्टिमा परेको थियो ।

उनको पहिलो रचनाका रूपमा वि।सं। २०१९ मा रूपरेखामा कसले जित्यो कसले हार्‍योु शीर्षक कथा प्रकाशित भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । उनका प्रकाशित केही

कृतिहरूः
१। माधवी उपन्यास, वि।सं। २०३९०
२। चरैवेति निबन्ध संग्रह, वि।सं। २०४४०
३। त्यो युग निबन्ध संग्रह, वि।सं। २०४७०
४। हाम्रा ती दिन निबन्ध, वि।सं। २०२९०
५। म रुँदै बिर्सन्छु संस्मरण, वि।सं। २०२७०
६। बर्लिन डायरीका पाना यात्रावर्णन, सन् १९८४०
७। लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८। मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९। कसले जित्यो कसले हार्‍योरु कथा संग्रह, वि।सं २०२१०
१०। दशलाख हिरोसिमातिर
११। ग्यास च्याम्बरको मृत्यु कथा संग्रह, सन् १९८५०
१२। जीवन महाअभियान १३। ऋग्वेदस् केही प्रमुख सूक्त ९२०६५ वि। सं।०
उनले समीक्षा ९साप्ताहिक०को सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र(पत्रिकाहरूमा प्रकाशित छन् ।

मदनमणिको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधाराकाठमाडौंमा वि.सं. १९७९ फागुन ६ गते (सन् १९२३ फेब्रुवरी १७) का दिन भएको हो । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितलाई वि. सं. २०६८ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

तपाईंको प्रतिकृया