पोखराको थियटरबाट अभिनयमा स्थापीत एक कुशल अभिनेत्रि प्रशुना भण्डारीको नयाँ तिज गीतको भिडियो सार्वजनिक भएको छ । जनचेतनामुलक शव्दहरु रहेको गीतले मनोरोगीको वेदनालाई चित्रण गरेको छ ।

अम्वीका ढकाल क्षेत्रीको शव्द, लय संकलन र स्वरमा सार्वजनिक गीतको भिडियोलाई सुवाश सुवेदीले निर्देशन गरेका छन् भने नेत्र गुरुङले सम्पादन गरेका छन् । हालै युटुवमा सार्वजनिक गरिएको गीतलाई दर्शक एंव श्रोताहरुको उत्कृष्ट कमेन्टहरु प्राप्त भैरहेका छन् ।

 

तिजको गीतको लयमा रहेपनि गीतको मर्म र भाव सदावहार रहेकोले आफुले अभिनय गर्दा अझ आफुलाई धेरै खुशि लागेको अभिनेत्री प्रशुना भण्डारी वताउछिन् । भण्डारी भन्छिन आफुले अभिनयको लागि सक्दो प्रयास गरेपनि समय, लोकेशन, भाव र केहि विवशताका कारण सोचेजस्तो अझ अभिनय नभएको बताउँछिन् । 

 

मनोरोगी या मानसिक सन्तुलन गुमाएको महिलाको भुमिकामा निस्कीएकी भण्डारीको अभिनयकलाको प्रशंसाले नेपली संगीत क्षेत्र गर्माएको छ ।

 

 

हेर्नुस भिडियो

तपाईंको प्रतिकृया