गजल

हार खाए बुझ्नेलाई बुझाउन नसकेर ,
निदाए झै गर्ने मूर्ख उठाउन नसकेर ।

मान्छे जस्तै खाली देख्छु बीउ छरेका फाँटहरु,
सडेछन् कि माटो भित्रै टुसाउन नसकेर ।

कहाँ जाउ न्याय माग्दा ज्यानै जाने देशमा छु
आँसु सँगै बग्छ्न पीडा लुकाउन नसकेर ।

गार्हो भयो अपराधी लुकाउने भ्रष्ट चिन्न,
मेटिएका सबुत प्रमाण जुटाउन नसकेर ।

रातको त के कुरा भो लाग्छ दिन पनि कालो
दुखी हृदयमा खुशी फुलाउन नसकेर ।।
शान्ति अधिकारी
बाँके

तपाईंको प्रतिकृया