श्रावण २९, काठमाडौं । मनोरञ्जनका नाममा बिभिन्न खालका तीज गीत भित्रिरहेको सन्दर्भमा गायिका संगी अधिकारी पोखरेलले भने भिन्न शैलीको तीज गीत लिएर बजारमा आएकी छिन् । भर्खर मात्र उनको ‘मैले त खोजेको यस्तै घर हो’ बोलको  गीत सार्वजनिक भएको छ । उक्त गीतमा  प्रकाश सुवेदीको शब्द रहेको छ भने , राजकुमार बगरको लय र राजु कार्कीको संगीत संयोजन रहेको छ ।

त्रिवेणी डिजिटल स्टूडियोको प्रस्तुतिमा बनेको यस गीतको छायाङ्कन पवन गौतमले गरेका छन भने सम्पादन सुरेश राउतले गरेका छन् । गीतमा शुसिला थापा,रिचा पोख्रेल ,सुमन जंग सागर केसि आदिको दमदार अभिनय र नृत्य हेर्न सकिन्छ ।अधिकारीले आफूले एकदमै मेहेनत गरेर ल्याएको यस गीतले दर्शक स्रोताको मन पक्कै जित्नेछ भन्दै गीत निर्माणमा सहयोग पुर्याउने मोती पोखरेल,शान्ती सुवेदी,दीक्षा भण्डारी,हरिहर भण्डारीप्रति आभार प्रकट गरिन ।

प्राय जसो तीज गीतमा सासु ,देउरानी, जेठानी र घरपरिवार प्रति नै असन्तुष्टि व्यक्त गरेर गाउने गरेको पाइएकोमा यो गीतले भने घरपरिवार प्रति सन्तुष्टि देखाएर आपसी सम्वन्धहरु मजबुत गर्न खोजिएको छ । यस अर्थमा पनि यो गीत एकदमै सकारात्मक छ । संगी अधिकारीले नेपाली समाजले खोजेकै तीज गीत पस्केकोमा नेपाल खवर डेलीको टीम वहालाई धन्यवाद दिन चाहन्छ र गीतको सफलताको कामना समेत गर्दछ ।

तपाईंको प्रतिकृया