कविता :उल्टो बाटो

उल्टाे बाटाे
प्रिय भाइ
तिम्रो स्कुलकाे
भित्तलाई क्यानभास
बनाएर तत्कालीन
लडाकुहरुले लेखेका
नारा “शाहिसेना
ज्ञानेकाे मतियार
बाँदरको पुच्छर
लाैराे न हतियार ”
अर्थात “स”स”ज्ञ
भनेर सिकेकाले
हाेला कमाई ,खाडी,
र गाउँघरकाे सम्झना
अर्थात क, ख ,ग ,घ
बुझाउन म खाडीमा
जाकिनै पर्याे!

हाे,
थाहा थियो
मलाई म
खाडीमा
नजाकिकन
तिम्रा सपनाहरु
उस्किने छैनन् ,
मैले सुने मलाई
त्यो मेहनती
माहुरीले झै अाेसार्न
पल्केकाे निर्जीव
चिलले खाडीकाे
बाटोमा हुत्याएपछि
तिमी शहर हुत्तिन्छाै,
किनकि तिम्रो त्यो
उल्टो कखराकाे
अन्तिम परिक्षा यहि
सालमा नै थियो
भाइ,
म क्षमाप्रार्थी छु
जाे तिमिलाई
मैले पालेको
तारे गाेरु,घरकाे
करेसा बारीमा
जतनगरी राखेको
हलाे,र अर्गानिक
करेसाबारी,
छिमेकीको मुधुम
र रामायण पाठ,
सिस्नेरिकाे घट्ट,
आमाकाे प्रेम र
बाकाे उपदेशले लखेटेछ

याे सुन्दैछु
किआजकल
तिम्री फुपुले
बहराईनबाट
पठाएको अाई
फाेनलाई दाहिने
हातकाे तीन औलाले
र चुराेट लाई देब्रे हातकाे
दुई औलाले च्यापेर
शहरकाे हावा दुशित
बनाईरहेका छाै,
अनि चिया पसलमा
हुन्छरे तिम्रो खुब
चर्काचर्कि,खुब गर्छाैं
रे कुरा देश प्रेमकाे,

जब,
तिम्रा यी सब
दिनचर्या सकिन्छन
तब बज्छ मेराे
माेबाईलकाे रिङटाेन
अनि साेध्छाै तलब
आउने तारिख
तलब हैन मेराे
रगत र पसिनाकाे
भाैचर आउछ मलाई
एउटा एस्ताे भाैचर
न त्यसलाई च्यात्न
सक्छु न सजाउन
नत त्यसमा मेरो
भबिस्य छ
न बर्तमान ठिक छ
म पठाउला
त्याे तिमिलाई तर
न त्यो म तिमिसंग रहन्छ
न म संग
मरेका हामी
मरेकाे समाज र
मर्न मर्न लागेकाे
देशबाट मेराे
आशा चै किन
ज्युदाे हाेस र
उ आफुलाई मरेकाे
छैन भनेर जब
दाबि गर्छ त्यतिबेला
म तिमिलाई हेर्छु
जब उ अर्थात
मेराे आशा कृषी
कार्न्तिकाे बिगुल
बजाउछ
तब,
म माले गाेरु
र करेसाकाे
हलाे सम्झन्छु
जसलाई कुनै
माईकलालले
एउटै ट्याक्टरकाे
सुत्रमा बाध्न सकेन
मेरा आशाहरु त
अझ यति मुर्ख छन
कि उनिहरु गाेरुकाे
काँधमा मलम हैन
ट्याक्टरकाे इन्जिनमा
गिरिज लगाउन चाहन्छन
तर,
आफ्नाे चुलोमा
पानी हालेर
छिमेकीको ढाेका
ढुक्नुमा स्वाभिमान छ र?
म सम्झन्छु
बा ले कुखुराकाे
अन्डा,खाेरकाे पाठाे
र भकारिकाे धानसंग
तिम्रो शिक्षा साट्नु
भएको,आमा जहिले
पनि आधा अम्बा
टाेकेपछि राेकिनुहुन्थ्याे
जसरि मेराे घर आउने
बाटाे राेकिएकाे छ के
अब तिमी घर फर्किएर
नेपाल आमाकाे आशु
राेक्न सक्छाै?
प्रिय भाइ
तिमिले तिम्राे
स्कुलकाे क्यान
भास बनाएर
ततकाल…….।

प्रबेस खरेल
सिन्धुपाल्चाेक,हाल- काेरिया

तपाईंको प्रतिकृया