गजल

पुस्तक पढ्ने मात्र कहाँ महान हुन्छ र ।
दारी पाल्दैमा मात्र कोहि विद्वान हुन्छ र ?

किन खान्छन तिन्ले ज्युँदै पशुपंक्षी मारेर ,
के मान्छेको शरिरभित्र नि चिहान हुन्छ र ?

दोषी बनाइरहन्छौ तिमी किन समयलाइ नै,
मात्र कसैका लागि समय बेइमान हुन्छ र ?

एकचोटिलाइ त माफ गरिदेऊ उसलाइ नि,
सधैं गल्ती मान्छेबाट जानाजान हुन्छ र ?

तिनै हुन ईश्वर जसले जन्माए हुर्काए हिजो,
ढुङगाको मुर्ती पनि कहिँ भगवान हुन्छ र ?

मास्टर जेबी गाउँले 
चिङ्गाड – ४ मटेला सुर्खेत

तपाईंको प्रतिकृया