काठमाडौ,साउन २८ ।‘कला साहित्य संस्कृति नेपालीको पहिचान, सिक्ने सिकाउने हामी सबैको अभियान’ भन्ने मुल नाराका साथ स्थापना गरिएको गतिशिल साझा साहित्य आवाजको आयोजनामा गजल संग्रहको पुस्तक बिमोचन एवम रचना बाचन कार्यक्रम हुदैछ ।

आउँदो शनिवार काठमाडौको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयमा हुन लागेको उक्त कार्यक्रममा अभिलाषा संयुक्त गजल संग्रह बिमोचन तथा विशेष रचना बाचन कार्यक्रम तय गरिएको छ ।कार्यक्रममा सहभागीहुन सवै साहित्य अनुरागीहरुमा संस्थाका अध्यक्ष नवराज विष्टले अपिल गरेका छन् ।

यस कार्यक्रमलाई गतिशिल साझा साहित्यको तेश्रो श्रृंखलाको रुपमा हुन लागेको बताउदै विष्टले गतिशिलले आगामि दिनमा निरन्तर यस्ता कार्यक्रमहरु गरेर नेपाली साहित्यको श्रीवृद्धिमा सघाउ पुर्याउने बताए । कार्यक्रम यहि ३२ गते शनिवार बिहान ११ बजे सुरु हुदैछ ।उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा नेपाल खवर डेली डटकम र सहयात्रा टेलिभिजन रहेका छन् । कार्यक्रमको बारेमा विस्तृत जानकारी यसप्रकार रहेको छ

तपाईंको प्रतिकृया