कविता -योध्दाहरू


मौनतामा बसेका छन् सबै रहरहरु
मनभरी उत्साह र उमङ्ग लिएर
जिन्दगीको यात्रा गर्ने ती रहरहरु
कहिले पूरा हुने हुन्
इतिहासलाई साक्षी राख्दै
युध्दमा झुमिएका ती योध्याहरु
गुमनाम छन् आजभोलि
कल्कलाउदो यौवनलाई ढाल्दै
यौवन मै सिन्दुर पुछ्न बाध्य भए
काखमा दूध चुसाउदै
हातले बन्दुकको नाल समाएर
देश र जनताको सुरक्षा गर्छु भन्दै युद्दमा खटिकै हुन्

तर
कता गयो गणतन्त्र
कता गयो लोकतन्त्र
ज्यान बचाउनै पो मुस्किल छ यहाँ
आजकलको यो परिवेशमा
छैन मानवता
बन्दुकको कुन्दामा बन्दी बनेका ती यौध्दाहरु
मृत्युलाई जितेर
गाँस र भयको साम्राज्यलाई चुनौती दिँदै
लोकतन्त्र र गणतन्त्रलाई बुलन्द आवाजमा
क्रान्तिका गीतहरु नघन्केका होइनन्
हो थाहा छ
तिनै योध्दाहरु आज आलाप विलाप गर्दै
न्याय मागिरहेका छन्
छैन चासो कसैलाई
मृत्युुको सैयाबाट जीवनको भिख
मागेका ती योध्दाहरु
भोकले चिच्याएका ती ओठहरु
न्याय माग्दा माग्दा अबरूद्ध भएका ती गलाहरु
थाहा छैन कहाँ गएर कति बेला अन्त्य हुन्छ

सत्ताको लागी तँछाड र मछाड
गर्ने ती दैत्यहरु
अनि आम जनताको सपनालाई
हत्या गर्दै मस्तीमा पल्केका
ब्वाँसाहरूका बिद्रोहमा
उर्लिएको हिजोका ती जनसागर पनि
निरीह बन्दै छ
मौनतामा बस्दै छन्न्
रगतमा डुबेर गोर्खाली हुँ भन्दै
लडेको त्यो इतिहास पनि
ती गद्दार अनि अवसरवादीहरूले
आज मौनतामा बस्न बाध्य बनाएका छन्

हेरिरहेछन् निरीह लाचार बनेर
थाहा छैन कहाँ कतिबेला आशाहरु अन्त्य हुन्छन?
उभ्रष्टाचारका दैत्यहरु नै देशको संरक्षक बनेर
कुर्लीरहेका छन्
थाहा छैन कतिञ्जेल आशावादी
बनाउने हुन् जनतालाई?
भरोसा कस्को गर्ने ?
लाग्छ अब यो देशले छलाङ् मार्ने छैन
अन्जु सापकोटा “अनु”

तपाईंको प्रतिकृया