गजल


हुलिया नदेऊ हे निस्ठुरी आउदीन म फर्किएर
चाँडै संसार त्याग्छु मैले नबस्नु है पर्खिएर

साथीहरुले सोधे भने भन्नु प्रेमको शहिद भयो
मरी पापीनी खुशी छु म नभन्नु है झर्किएर

के भएर मरी भनि खोज तलास हुँदोहोला
छोटो दिनकी रहिछे भन्नु नहिड्नु है तर्किएर

मन परेकै मान्छेलाई सिन्दुर पोते लाउनु तिमी
माहुर खाँदा नहास्नु है घाँटी दुख्ला सर्किएर

ओइलिएर झरें अनि बिदा भए संसारबाट
फुल्नु तिमी सुवास छर्नु फल्नु अनि लर्किएर
पारू

तपाईंको प्रतिकृया