गजल

गर्‍यौ धेरै नै चुरिफुरी, माखो मारेनौ
गरेर अदालतमा उजुरी माखो मारेनौ

अरुले घोडा चढेको  सहन नसकेर
चढ्न गयौ घरको धुरी, माखो मारेनौ

गर्छौ की केही प्रगती ,जिवनमा भनेर
दिएँ आशीर्वाद मुरी मुरी माखो मारेनौ

अरुले झैं ,असंख्य धन कमाउन भनी
गरेर दिनरात मज्दुरी  माखो मारेनौ

देशलाई स्विजरल्याण्ड बनाउछु भन्दै
पारेर ढुकुटी सिरिखुरी, माखो मारेनौ

हिम श्रेष्ठ ,तनहुँ
हाल अफ्रिका

तपाईंको प्रतिकृया