कवि अध्याय

जीवनका कयौं
अध्याय सकिए पछि
बल्ल मेरो कवि
अध्याय सुरु भयो ।

तिमी हाम्रो हरेक
मन्जरिमा
कवित्वको रस छुपेको
हुनुपर्छ ।
म तिमीबाट अलग छु
नभन ।

हो दैजुन लगाई
अखवार अखवार रम्नेहरुका
लागि
कवि कवयत्रिहरुबाट
यो बर्षले दमदार
कविता बिछ्याईरहोस्
शुभकामना ।

रसराग सबैले प्राप्त
गर्ने एउटा आधारस्तम्भ
तयार गर्न
कविताको तितो सत्य
चिर्न सबै सामु पुगून्
कविहरु ।

कविहरुबाटै नयाँ
मार्गदर्शन मिलोस्
तिमी हाम्रा सिर्जनाले
बलिया बलिया खम्बा
गाडून् ।

हुनुपर्छ यस्तै एउटा
बगान कविहरुको
जसले देशभित्रका
सुमार्गलाई अझै
सकस बनावस् ।

हरेक पाईला पाईलामा
कवि भेटिने नयाँ
गोरेटोको निमार्ण
हुनुपर्छ जसले
आँखा नभएकालाई
आँखा
खुट्टा नभएकालाई
हिड्न सिकाउनुपर्छ ।

हो तिमीले महसुस गरेको
हुनुपर्छ दिगो विकास,
शान्ति र सु-शासनलाई
तिम्रो अचुक दुरदर्सनबाट
हावाका कणकण कवितामय
बनोस् ।

आऊ यस मलासयमा
बारम्बार आऊ
केही घाऊ देऊ
केही खुसि देऊ
मलम लगाउने
जिम्मा कविहरुलाई
देऊ ।

कवि अध्याय अझै
कहाँ सिध्यिएको छ र
महासय
यो त सुरुवात पो
हो
कालिङ्दाङसंग भिड्ने
हरेक मसला हामी कविमा
हुनुपर्छ
जसले जीवनमा तिता मिठा
पलहरुसंग जुध्ने अवसर
देओस् ।

राजेन्द्र बानियाँ”एन्ड्रयु विगिन”
बाजुरा

तपाईंको प्रतिकृया