काठमाडाै‌मा ‘रेडलाइट’ उपन्यास सारर्वजनिक गरिँदै ।

काठमाडाै‌/ उपन्यासकार हरि कटुवालको ‘रेडलाइट’ उपन्यास सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राज्ञ एवं उपन्यासकार माया ठकुरी, निबन्धकार युवराज नयाँघरे तथा लेखक हरि कटुवालले उपन्यास संयुक्त रुपमा सार्वजनिक गरे । सनसनीपूर्ण नाम र कथावस्तु समेटिएको उपन्यासको धेरै प्रतिक्षा गरिएको थियो ।

उपन्यासको समीक्षा गर्दै निबन्धकार नयाँघरेले सहरी यौन समस्याको व्यवस्थापनमा उपन्यासले आवाज उठाएको धारणा राखे । यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले उपन्यासको शीर्षक तथा विषयवस्तुबाट नयाँ पुस्ता आकर्षित हुने विचार राखे । प्रमुख अतिथि प्राज्ञ माया ठकुरीले उपन्यासले समाजमा दबिएर रहेको यौन र यसभित्र रहेको चरित्रलाई उजागर गर्दै साहसी विषय उठान गरेकोमा बधाई दिइन् । ‘जीवनको यथार्थलाई उजागर गर्न सक्ने लेखक नै समाजप्रति उत्तरदायी हुन्छ’, उनले भनिन् ।
राइटर्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय २५ रहेको छ । गीत लेखनमा पनि कलम चलाउने कटुवालको नयाँ गीत ‘नाचौं छमछम’ यसै महिना युट्युबमा आएको छ । यसअघि उनको पहिलो उपन्यास ‘अधुरो सपना’ प्रकाशित भइसकेको छ ।

 

तपाईंको प्रतिकृया