गजल


गोली हैन घायल पार्ने ,वचन हुँदोरहेछ
मान्छे मात्रै सुन्दर,ढुङ्गाको मन हुँदोरहेछ ।

रमाइलो लाग्थ्यो, घुम्थे, जता भन्यो तेतै डुल्थे
लाग्छ जिबनको प्रिय समय त वचपन हुँदोरहेछ ।

तिमीलाई कसैले फर्की फर्की हेर्दा पनि
यो दिलमा कता कता जलन हुँदोरहेछ ।

सराब भन्ने चिज पिउनजेल मात्रै न हो हजुर
बिचार गर्नुस साच्चै शक्ति दिने ओलन हुँदोरहेछ ।

जब देख्छु तब आफैमा हारेको महसुस हुन्छ
यहाँ पैसाको लोभमा साटिएको तन हुँदोरहेछ ।
प्रकाश निराकार

तपाईंको प्रतिकृया