युगकवि सिद्धिचरण मेरो प्रेरणाका स्रोत हुनुहुन्छ – राष्ट्रकवि माधव घिमिरे  (युगकवि सिद्धिचरण पुरस्कारद्वारा पुरस्कृत, २०६७) 


प्रश्न ः तपाईंले युगकवि सिद्धिचरणलाई कुन रूपमा हेर्नुभएको छ ?

जबाफ ः एक निश्छल स्वभावका कवि, सधैँभरि कविता मात्रै सोचिरहेका जस्ता देखिने, बडो ध्यान दिएर अरूका कुरा सुनिरहने र सबैभन्दा मुख्य कुरो काव्यको कदर गर्न सक्ने उनी सरस्वतीका एक वरदपुत्र थिए । उनको पुस्तामा लेखनाथ, देवकोटा, समबीच हामीले ‘कविजी’ भनेर सम्बोधन गर्ने उनी मात्रै एक्ला व्यक्ति थिए ।

पश््रन ः यो त उहाँको व्यक्तित्व प्र्िरतको दृिष्टकाण्ो भयो । उहाको कवि–चरित्र कस्तो थियो ?

जबाफ ः उहाँको कवितामा देश बोल्थ्यो, प्रकृति बोल्थ्यो । कवितालाई नै उहाँले आफ्नो जीवन मान्नुभएको थियो । साँच्चो अर्थमा, कविका निम्ति जीवन नै कविता हो र कविता नै जीवन हो । कविले आफँलाई पहिले आफ्नो कवितामा समर्पित गर्छ र पछि त्यही कवितामै ऊ जीवित रहन्छ । युगकवि सिद्धिचरणको जीवनमा यही तथ्य चरितार्थ हुन्छ ।

प्रश्न ः तपार्इँका लागि उहाँको सबैभन्दा प्रिय कविता कुन हो ?

जबाफ ः उहाँको कुनै पनि कविता मैले नपढेको भन्ने छैन । कविहरू स्वयमलई उसका कृितहरूका बारेमा कुनु राम्रो वा प्रिय भनेर सोधियो भने उसको लागि त्यो गाह्रो प्रश्न हुन्छ तर दोश्रो व्यक्तिलाई यस्तो प्रश्न राख्दा उसको त्यही प्रश्न सहज हन्ुछ । यस अर्थमा, अन्य कविका बारमो साध्ेनभुयो जसको जबाफ दिन मलाई असाध्यै कठिन छ उहाकाँ सबै कृितहरू मैले पढेको छु । तैपनि ‘विश्व–व्यथा’ उहाकँो मलाई असाध्यै प्रिय लाग्छ । ‘शबरी’ खण्डकाव्य त मलाई कण्ठस्थै छ । उहाकँै मुखबाट योपराँ खण्डकाव्य मैले श्रवण गरेको छु ।

प्रश्न ः तपार्इँको ‘गौरी’ खण्डकाव्यको प्रस· युगकविसँग जोडिएको चर्चा चल्ने गरेको छ, त्यसमा कत्तिको सत्यता छ ?

जबाफ ः गौरी लेख्दा मैले केही अंश उहाँलाई सुनाएको थिएँ । लेख्दै जाँदा पछि केही अलमल भयो । पछि उहाँले हाँस्दै मलाई भन्नुभएको थियो, ‘यो पँरा लेखिनस् भने तँलाई गोली ठोकेर मारिदिन्छु ।’ यसरी, उहाँकै प्रेरणाले पनि मैले गौरी लाई पँर्णता दिएँ । त्यसैले मैले बारम्बार भन्ने गरेको छु, उहाँ नै मेरो साहित्यको प्रेरक व्यक्तित्व हुनुहुन्छ ।

प्रश्न ः कविता–यात्राको विभिन्न चरणमा युगकविले फरक–फरक प्रस्तुति गर्नुभएको देखिन्छ । यसबारे के भन्नुहुन्छ ?

जबाफ ः कविजीले जवानीका दिनमा सौन्दर्यले झलमल्ल र भावनाले उज्ज्वल कविता
लेख्नभुयो । त्यस्ता कवितालाई हामी रुमानी पव्रृत्तिका कविता भन्न सक्छौँ । ‘क्रान्तिबिना यहाँ स्वच्छ शान्ति हँदुैन’ भन्ने मन्त्ररूपी कविता देशको उकसुमकुसु मानसिकताको उच्छ्वास थियो । त्यो उछ्वास तत्कालीन राजनीतिक जीवनमा मात्रै होइन सामाजिक जीवनमा व्याप्त असमानताको उकसुमकुसुबाट पनि मुिक्त पा्रप्त गरेर शान्ति पा्रप्त गर्ने पय्रास थियो । काव्यरचनाको क्रमसँगै आफ्नो पा्रैढ जीवनको पा्ररम्भदेखि उहाँ बढी चिन्तनशील बन्दै जानभुयो । क्रमशः उहाँ रुमानी पव्रृत्तिबाट पग्रतिवादी र यथार्थवादी पव्रृत्तितिर बढ्दै जानभुयो । तथापि उहाँका कवितामा रुमानी पव्रृत्तिको धारा भने भित्रभित्रै यथावत् नै थियो । खास गरेर उहाँको ‘भीमसेन थापा’, ‘शबरी’, ‘जँनकीरी’ र ‘मंगलमान’ यस्ता उत्कृष्ट खण्डकाव्यहरू यही रुमानी शैली र यथार्थपरक पव्रृत्तिले गर्दा मर्मस्पर्शी र सार्थक बने ।

प्रश्न ः तर पछिल्लो कालखण्डमा त उहाँका कविताहरू अध्यात्मवादी पनि देखिए नि ¤ होइन र ?

जबाफ ः अवश्यै हो । सम्पँर्ण जीवन काव्यमा समर्पण गर्नुको परिणति पनि हो यो । बेला–बेलामा टाढातिर टोलाइरहने कविजीका आँखामा तरङ्गिने भावनाको तरलता र दृष्टिको उज्ज्वलताले पनि यसलाई पुष्टि गथ्र्यो ।

प्रश्न ः अहिले उहाँको शतवार्षिकीको अवसरसम्म आइपुग्दा उहाँको प्रास·िकता के देख्नुहुन्छ ?

जबाफ ः भर्खरै पनि रेडियोमा एउटी बालिकालाई ‘तिम्रो घर कहाँ हो ?’ भनेर प्रश्न गर्दा ‘मेरो प्यारो ओखलढुङ्गा’ भनेर गर्वसाथ भनेको सुन्दा म कविताको अद्भुत शक्ति देखेर अचम्मित भएको छु । जसरी कुनै स्त्रीले माताका रूपबाट कुनै सुन्दर मँर्ति रचेर त्यस्तै सन्तानको सिर्जना गर्दिन, त्यही प्रकार कविजीको पनि कविताप्रतिको भावना थियो । उहाँ जीवन र जगत्का सानातिना प्रसङ्गबाट नै सत्यको उद्घाटन गर्नुहुन्थ्यो । ‘म कसरी छत्तीस लागेँ’ भन्ने कविताका पङ्क्तिहरू एउटा पक्षमा समर्पित प्रत्येक व्यक्तिका मनका भावना हुन् । यसरी हेर्दा आजको यो समयमा उहाँका रचनाहरू झन्–झन् प्रासङ्गिक भएर आएका जस्ता लाग्छन् ।

प्रश्न ः यगुकविसगँका स·तमा तपाँईले प्राप्त गर्नुभएका उपलब्धिहरू के के हुन् ?

जबाफ ः पहिलो, उहाँ प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित हुने ‘कविता’ पत्रिकामा संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो, जसमा बालकृष्ण सम र म पनि सम्पादन कार्य गथ्र्यौँ । त्यसभन्दा अघि गोरखापत्रमा पनि मैले उहाँसँग काम गर्ने अवसर पाएँ । पछि, २०१४ सालमा प्रज्ञाप्रतिष्ठानको स्थापना कालदेखि नै उहाँसँगै काम गर्न पुगेँ । त्यसबेला उहाँको बालकविता ‘तिरमिर तारा’ मैले नै छाप्ने सुअवसर पाएको थिएँ । (सिराहामा उहाँको सालिक अनावरण गर्ने संयोगसम्म पनि जुरेको थियो ।) सबैभन्दा ठँलो उपलब्धि, एउटै कुरा मैले प्राप्त गरेको के हो भने कविताको मर्म बुझ्ने र अरूलाई समेत कविता लेख्न घचघच्याइरहने व्यक्ति हुनुहुन्थ्यो उहाँ । मैले जे–जति लेखेँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही न केही रूपमा उहाँकै प्रेरणाका उपज हुन् । यस अर्थमा उहाँ मेरो प्रेरणाकै स्रोत नै हुनुहुन्छ । नढाँटी भन्ने हो भने उहाँकै सङ्गत र प्रेरणाले म सिर्जनशील बन्नमा सफल भएको हुँ । म ठान्छु, उहाँ युगस्रष्टा मात्रै होइन, युगद्रष्टा नै हुनुहुन्छ ।

प्रश्न ः अन्तमा, युगकविलाई उहाँको अनुपस्थितिमा कसरी सम्झनुहुन्छ ?

जबाफ ः हामी गङ्गाजीलाई जल चढाएर अर्घ दिन्छौँ । सुर्यलाई बत्ती बालेर आरती गछौँ । यसरी नै कविलाई कविता लेखेर वर्णन गर्छौँ । कविजीलाई पनि म आफ्ना कविताका पङ्क्तिहरूमा यसरी सम्झन्छु – हुन्न क्रान्ति विना शान्ति भनेर गर्जियौ तिमी आज स्वप्न भयो पँरा क्रान्तिदर्शी थियौ तिमी तिमी कठोर हीरा ह्वौ तिमी कोमल ह्वौ छवि नमस्कार तिमीलाई हे हाम्रो युगका कवि । प्रश्न ः नेपालका प्रथम राष्ट्रपतिबाट राष्ट्रकविका रूपमा युगकवि सिद्धिचरण पुरस्कार प्राप्त गर्नुभएको क्षण तपार्इँलाई कस्तो अनुभँति भएको छ ? जबाफ ः जनुबेला मैले परुस्कार पा्रप्त गरेको थिएँ त्यतिखेर म पोखरामा थिएँ । म त्यस दिन काठमाडौँ आएँ । एक अगज्र र पख््रयात कविको नाममा रहेको परुस्कार पाउन ु मेरो जीवनको सबैभन्दा सखुद क्षण थियो । मैले जब त्यो परुस्कार पाएँ उहाँले मलाई स्याबासी दिइरहनभुएको आभास भएको थियो ।

(तस्वीरमा युगकवि सिद्धिचरण पुरस्कार २०७६ मा पुरस्कार प्रदान गर्ने क्रममा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, युगकवि सिद्धिचरण श्रैष्ठका सुपुत्र रविचरण श्रेष्ठ, उपप्रधान एंंव रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सिद्धिचरण नगरपालिका ओखलढुंगाका मेयर मोहन कु श्रेष्ठ आदि सिद्धिचरण नगरपालिका ओखलढुंगामा )
यो प्रस्तुति युगकवि सिद्धिचरण प्रतिष्ठानका लागि रामबाबु सुवेदी ले तयार पार्नुभएको हो । युगकवि सिद्धिचरण प्रतिष्ठानबाट  अनुमति लिएर हामीले यस नेपालखवरडेलीमा प्रकाशन गरेका हौँ ।

तपाईंको प्रतिकृया