साहित्यकार दुर्गा अधिकारी भमरकोटेद्धारा लिखित ‘६०१ झटारा’ मुक्तक सग्रह शुक्रबार प्रज्ञा भवन कमलादीको लेखनाथ बाचनलायमा बिमोचन भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीका उपस्थिति रहको थियो ।

कार्यक्रमको सुरुमा नै कबिता बाचन गरेर कार्यक्रम सञ्चालिक भैरवी ढकालले सवैलाई ध्यानाकर्षण गरेकी थिइन् । कार्यक्रममा पुर्व साहायक रथि तथा वरिष्ट साहित्यकार तेजप्रकाश बानिया ले स्वागत मन्तब्य राखेका थिए भने बिभिन्न ब्यक्तित्व एवम प्राज्ञहरुले दुर्गा अधिकारीद्धारा लिखित ६०१ पुस्तकको बारेमा चर्चा गरेका थिए । प्रमुख अतिथि उप्रेतीले पनि ६०१ झटारा मुक्तक सग्रह पुस्तकको प्रशंसा गर्दै लेखकलाइ शुभकामना दिएका थिए ।

मुक्तक,हाइकु,कविता,गजल र लेखरचनामा कलम चलाउदै आएका अधिकारीले अहिलेसम्म २ वटा एकल र २ वटा संयुक्त गरि जम्मा ४ वटा पुस्तक प्रकाशनमा ल्याएका छन् । लामोसमय देखि नेपाली साहित्यमा लागि परेका अधिकारी करिव तीन दशकको विदेश बसाई पश्चात नेपाल आए लगत्तै निरन्तर लेखन कार्यमा सक्रिय भएर लागेका छन् । हाइकुमा गायन पनि हुन्छ भनेर परिक्षण गर्ने आफू नै पहिलो भएको दाबी गर्ने अधिकारीले हाइकु बर्णमाला २०७५ मै प्रकाशित भएको थियो ।

तपाईंको प्रतिकृया