[जनार्जन पौडेल]काठमाडौं, साउन १८ । हातेमालो साहित्य सङ्गमको नियमित कार्यक्रम अन्तर्गतको शाब्दिक समारम्भ को बाह्रौँ श्रृङ्खला आज काठमाडौंको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयमा सम्पन्न भएको छ ।काठमाडौको डिल्लीरमण पुस्तकालयमा भएको उक्त कार्यक्रममा कवि निरज दाहाल र गजलकार पुष्पा धमला गुञ्जिएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा साहित्यकार तुलसी दिवसको उपस्थिति रहेका थियो भने अन्य अतिथिहरुमा विभिन्न साहित्यिक संस्थाका अध्यक्षहरु, साहित्यकारहरु एवम साहित्य प्रेमीहरु रहेका थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुनिल अधिकारीले गरेका थिए भने सञ्चालन सचिव विपीन मर्मले गरेका थिए ।

कार्यक्रममा अतिथि कवि निरज दाहाल र विशेष गजल वाचक पुष्पा धमलाले दुइ चरणमा गरेर ६,६ वटा गजल वाचन गरेका थिए । कवि निरज दाहालका कविता र पुष्पा धमलाका गजलमा तालीको गड्गडाहट गुञ्जिएको थियो । पुष्पाका गजलमा ग्रामीण परिवेशको कथा व्यथा र माया प्रेमका कुरा अभिव्यक्त गरिएको थियो भने निरजका कवितामा भने अन्धविश्वासका कुरा,छुवाछुतका कुरा,बाबु र छोराबीचको प्रेमको कुरा अभिव्यक्त थियो ।

कार्यक्रममा रहेको बाक्लो उपस्थिति एवम् सवैका सकारात्मक प्रतिक्रियाले सर्जकहरुलाई हौशला बढाएको थियो । कार्यक्रममा दर्शक दिर्घाबाट पनि विभिन्न ३० जना स्रष्टाले गजल,कविता,मुक्तक हाइकु वाचन गरेका थिए ।

तपाईंको प्रतिकृया