गजल 

भरोसा दिलाई हसायौ मलाई
गुलाबै बनाई फुलायौ मलाई

नुगाएर डाली टपक्कै टिपेर
दिलैमा बसाली  सजायौ मलाई

बगैँचा र बास्ना निखारेर फूल
डुबाई घडामा नचायौ मलाई

जगाएर तृष्णा मताई खुसीले
अनौठो नशाले रतायौ मलाई

मिठो प्यार भर्दै चुमेरै बिछट्टै
भगाएर निन्द्रा जगायौ मलाई

 सरु ज्ञवाली

तपाईंको प्रतिकृया