शुकदेव थपलिया, काभ्रे
यतिबेलाको मौषम भनेको गाउँघरमा विभिन्न फलफुलको हो । पहाडी बस्तीहरूमा नास्पाती , स्याऊ , आरु , अनार, आँप, लगायतका फलफूलको सिजन हो । यस्तै काभ्रेको विभिन्न गाउँमा फलेको रुख कटहरको पनि पाक्ने मोषम हो । गाउँ– गाउँका किसानहरूका बोटमा फलेको कटहरबाटै लाखौँ आम्दानी गर्ने मौषम पनि हो यो ।


काभ्रे दोलालघाटका उद्व परियारले ९ बर्ष अघिदेखि रुख कटहर विभिन्न गाउँमा पुगेर संकलन गर्दै बनेपा बजारमा ल्याएर होलसेलमा विक्रि गर्दै आएका छन् । मोषम अनुसारका गाउँमा उत्पादित भएका फलफूल संकलन गरि व्यापार गर्नु नै उनको पेशा हो । आफ्नी परिवारका साथ बनेपाको व्यस्त बजारमा मण्डन देउपुर को विभिन्न गाउँका किसानबाट संकलन गरेर ल्याएको रुख कटहर झार्दै व्यापार गर्नमा व्यस्त छन् परियार । सिजनमा कटहर को विक्री गर्ने बस्ने र मौसम अनुसारका फलफुल बेच्ने गर्दै आएकी कुन्ताकी हरिदेवी परीवार पनि आफ्नो व्यवसाय बाट पुर्ण सन्तुष्टी छिन् । उनले भनिन एउटा कटहर दुई सय सम्म बेच्ने गरेकी छु । गाँउबाट आयत गरेर ल्याएको कटहरको प्रति केजी ३० मा बेच्छन् । किसानका रुखमा फलेको कटहरलाई एकमुष्टमा मोल्ने अनि संकलन गर्दै बजारमा ल्याएर महिना दिन सम्म यसकै व्यापारमा व्यस्त हुने उद्व बताउँछन् ।


एउटै कटहर मा २० रुपीयाँसम्म नाफा हुने उनले बताउँछन् । उनी कोहीले धेरै लगे त्यही अनुसारको भाउ लगाउने गरेको समेत बताउँछन् । यसरी एक महिना सम्मको व्यापारबाट ३ लाख जतिको व्यापार गर्ने र एक लाख जति मुनाफा हुने उनको तर्क छ । एउटै कटहर २०० रुपियाँ सम्म विक्रि हने गर्छ । असारको पहिलो हप्ता बाटै सुरु हुने रुख कटहर साउन को अन्तीममा मध्ये हुने गर्दछ । बनेपामा डेरा गरि बस्ने विभिन्न गाउँका व्यक्तिहरूले यो मौषमलाई नै मुख्य चासो दिएर व्यापारमा लाग्ने गर्दछन् ।

परियारका अनुसार बिशेष गरि साउनको सोमबार ब्रत बस्ने महिलाहरूले बढि किन्ने गरेको बताउँछन् । गाँउमा पनि किसानहरूले रुख कटहरको मुल्य राम्रै पाएको बताउँछन् मण्डन देऊपुर नगरपालिकाका हरि प्रसाद पराजुलीका अनुसार गाउँमा कटहर बेचेरै मात्रै प्रत्येक बर्ष पाँच लाख भन्दा बढी भित्रने गरेको बताउँछन् । काभ्रेको विभिन्न गाउँहरूमा किसानका खेतबारीहरू यूवा जनशक्ति नहुँदा बाझो अवस्थामा भेटिन्छन् । ति बाँजो जग्गाहरूमा स्थानिय सरकारले किसान लक्षित वातावरण सुहाउँदा फालफूलका विरुवा बाड्ने सुझाव दिन्छन् कृषि विज्ञहरू । भन्छन् , – बाँजो जमिनहरूमा फलफूल खेति गर्न माटो परिक्षण गरिं मौषम अ नुसारको फाफूल खेति गर्न सकिन्छ । त्यसले पनि किसानलाई आत्मनिर्भरको बाटोमा डोर्याउन मद्धत गर्छ । काभ्रेको तेमाल स्थित ठूलोपर्सेल, मंगलटार, मण्डन देऊपुरको कुन्टा, लगायतका गाउँका केही किसानहरू यो मौषममा रुख कटहर बेचेरै लाखौँ आम्दानी गर्ने गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया