काभ्रे
मृत्युसँग जति सुकै धनाढ्य जति सुकै गरिब र जति सुकै उमेर र लिंग , जात र धर्म होस उसले चाहेको दिन कसैलाई छोड्दैन भन्ने कुराको ज्ञान त ममा पर्याप्त नै छ । तर आश्चर्य के हो भने मृतपछि पनि देखिने केही व्यक्तिले सपनीमा त आएर भलाकुसारी र आफ्ना कहानी प्रर्दशन गरेकै छन् । तर विपनामैँ जब मृत भैसकेका आफ्ना साथीले आफ्नो उसको मृत अगाडि चलाईरहेको फेसबुक एकाउन्टबाट म्यासेज गर्छ भने त्यो कतिको सत्य मान्ने या नमान्ने भन्ने हुन्छ ।

यस्तै काभ्रे जिल्लाको ओभिओटीका जिल्ला सदस्य स्व. श्याम दाहाल बितेको आज २३ औँ दिन हुँदै छ । तर उनको फेसबुक एकाउन्टबाट अचानक केही म्यासेजहरू पंक्तिकारको मोबाईलमा देखा पर्छन् मनले उनको जीवितताको आभाष भएको महसुस दिलाउँछ । तर पनि कति ढिला नगरी उनको एकाउन्टबाट आएको म्यासेज पंक्तिकारले तत्कालै खोलेर हेर्छ अनि आफ्नौ फोटो राखिएको म्यासेज अरे यो तपाईको आफ्नै भिडियो हो आश्चर्यको भावमा पठाएको देख्दा एकैछिन् त अलमलमै हुन्छु । तत्कालै उनको एकाउन्ट बाट पनि केही स्ट्याटसहरू पोष्ट भएको पाएँ । त्यसलाई पनि आधा दर्जन साथीहरूले लाईक गरिसकेका थिए ।

२३ दिन अघि आफ्नो कार्यालयको समय सकेर घर फर्कँदै गर्दा बाईक दुर्घटनामा ज्यान गुमाउनु भएका स्व. श्याम दाहालको एकाउन्टबाट मात्रै होइन अहिले करिब ६५ प्रतिशत फेसबुक एकाउन्टहरूबाट यस्ताखाले म्यासेज आदान प्रदानको क्रम चलिरहेको पाएँ । केही साथीहरूले तब फेसबुकमा भाईरसले आर्कमण गरेको खुलाईएपछि तब सत्यता पत्ता लाग्यो । अहिले केही साथीका एकाउन्टहरू ह्याक समेत भएको पाईए पछि सबैले यसबारे सचेत रहन र पठाएका भिडियो क्लिक नगर्नको लागि अपिल गरिरहेका छन् । तपाईहरू पनि झक्किएर पनि त्यस्ता भिडियो क्लिक नगनुहोला गरिहाले आफ्नो सामाजिक सञ्जाल फेसबुकको पासवर्ड तत्कालै फेर्नुहोला । स्व. श्याम दाहालप्रति हार्दिक श्रदाञ्जली एवं परिवारप्रति हार्दिक समवेदना पंक्तिकार शुकदेव थपलिया जिल्ला सचिव ओभिओटी

तपाईंको प्रतिकृया