[विदुषी सुधादेवी शास्त्री]गुरू महिमा गुशब्दष्त्वन्धकारः स्यात् रू शब्दष्वन्निरोधक अन्धकारनिरोधित्वाद् गुरूरित्यभिधीयते अर्थात् गु  शब्द को अर्थ अन्धकार हो भने रू  शब्दको अर्थ त्यस अन्धकारलाई हटाए उज्यालो पार्ने प्रकाश हो । अज्ञान रूपी अन्धकारलाई ज्ञान रूपी प्रकाशले हटाएरअखिल कोटि ब्रम्हाण्डका मालिक सर्वेश्वर परमेश्वर श्रीमन्नारायण भगवान् लाई चिनाइदिने उहाँ को प्राप्ति गराईदिने उहाँ लाई प्रसन्न पार्न सिकाइदिने अथवा संसाररुपी दुःख का सागर बाट मोक्ष दिलाइदिने महापुरुषलाई अथवा सम्पूर्ण कार्य जस द्वारा हुन्छ जसले गर्न सिकाउनु हुन्छ उहाँ लाई गुरू भनिन्छ। संसारमा सबै भन्दा ठूलो भनेर आमा बुवा र गुरू लाई मानिन्छ। आमा बुवा ले जन्माइदिनु हुन्छ लालन – पालन गरेर हुर्काइ बढाइ गर्नु हुन्छ। अनि आफुले जानेका केहि ज्ञान अर्ति उपदेश दिनु हुन्छ। जुन ज्ञान उपदेश पनि उहाँ हरूले आफ्नो गुरू द्वारा नै सिक्नुभएको हुन्छ (थियो) जो कोहिले पनि जे जति राम्रा कुराहरू जानेका हुन्छन्।

त्योकित आमाबुवा बाट कित गुरू बाट सिकेका हुन्छन् अझ भन्ने हो भने आमा बुवा ले त धेरै जसो घर व्यवहार का कुराहरू सिकाउनु हुन्छ अनि विशेष गरि यो भौतिक शरीर को पालन पोषण र संरक्षण गर्न सिकाउनु हुन्छ तर सद्गुरुदेव ले भने यो चौरासि लाख योनिमा भगवान् को माया ले मोहित भएर विषये रूपी विषै विषले भरिएको यो संसार रूपी सागर मा डुविरहेका जीवहरूलाई यो विषये ले भरिएको संसारबाट पारि तारिदिने काम गरिदिनु हुन्छ।अथवा नौका चलाउने केवट समान सद्गुरुदेव हरु हुनुहुन्छ । गुरू विना कुनै पनि ज्ञान प्राप्त गर्न सकिदैन अज्ञान रूपी अन्धकारलाई हटाए ज्ञान को दीप जलाइदिने सद्गुरुदेव हरुलाई शास्त्रमा भगवान् को स्वरूप मानेका छन् । त्यस्तै तैत्तरियउपनिषद्मा यसरि भनिएको छ। ९ आचर्य देवो भव : गुरूलाई देवता अर्थात् परमात्मा सम्झ भगवान् श्रीकृष्णले भगवान् को एकादश स्कन्ध मा उद्घव लाई सम्झाउदै भन्नुभएको छ। हे उद्धव सद्गुरुदेव हरुलाई मा अर्थात् ईश्वर सम्झनु गुरू लाई कहिल्यै तिरस्कार न गर्नु गुरू लाई मनुष्य सम्झेर उहाको दोष नदेख्नु गुरू सबै देवता हरुको रूप् हुनुहुन्छ जसले गुरू लाई निन्दा गर्दछ त्यो व्यक्ति नरक मा जान्छन् त्यस्तै पाञ्चरात्र आगममा पनि यसरि वताएको छ।

यो विष्णोः प्रतिमा कारे लोहभावं करोति च यो गुरौ मानुषां भाव मुभौ नरकगामिनौ। अर्थात् जसले भगवान् विष्णु को अथवा कुनै भगवान् को अर्चा विग्रह लाई केवल धातु ढुङ्गा पत्थर सम्झन्छ र जसले गुरू लाई मनुष्य सम्झेर त्यस्तै व्यवहार गर्दछन् भने ति दुवै नरक जान्छन् श्रद्धालू भक्तजन हरु यहाहरूले सोच्नु होलिका आखिर गुरू को यतिधरै महिमा कसरि हुनगयो त यस विषये मा भन्नु पर्दा कला कौषल ज्ञान विद्या आदिको मूल आधार भनेको वेद हो। त्यस को अभिप्राय बुझ्नका लागी विभिन्न इतिहास धर्म शास्त्र वनेका छन्। ति सबै हजुर हामीले अध्ययन गरेर त्यस को सार तत्व वा अभिप्राय निकाल्ने सामर्थ्य हजुर हामीमा छैन यो त सद्गुरुदेव हरुबाट मात्रै अध्ययन गर्यौ भने यसको सार तत्व बुझिन्छ। जस्तै प्रकारले ( वेद आदि शास्त्र भनेको खेदबारि आदि मा भए को अन्न हो। ति वेद आदि शास्त्र लाई गुरू विना आफैले अध्ययन गर्नु भने को वजार मा बेच्न राखिएको अन्न आदि पदार्थ हो। र वेद आदि शास्त्र को अभिप्राय बुझेर सार तत्व एवं निचोड निकालेर कुन शिष्य मा के कति क्षमता छ कस्तो स्वाभाब छ त्यसै अनुसार शिक्षा ज्ञान उपदेश दिनु भनेको वजार मा बेच्न राखिएको खानेकुरालाई आमा ले घर मा ल्याएर कुन छोरा लाई कस्तो मन पर्छ छोरी लाई कस्तो मन पर्दछ त्यसै अनुसार त्यस मा मरमसला राखेर पकाइ तुल्याइ गरेर थालीमा पस्किएर राखिएको भोजन जस्तै हो। गुरू को कृपा भयो भने जस्तो सुकै बालक लाटो वुद्धि नभएको मूर्ख अन्धो लङगडो वैरो जस्ता व्यक्तिहरूले पनि सद्गुरुदेव को कृपा द्वारा श्रेष्ठ गति प्राप्त गर्दछन्।

जस्तै प्रह्लादजीको विषयमा विचार गर्दा पनि उहाँ दैत्यको कुलमा जन्मनु भएको थियो रात दिन दैत्यको सगत हुन्थ्यो र पनि निरन्तर भगवान प्रति लगाइ रहनुहुन्थ्यो त्यो सवै नारद्जी जस्तो सद्गुरुको कृपाले नै हो नभए ति सवै कुरा असम्भव थियो । त्यस्तै राम भक्त सवरी नीच जातिकी अवला नारी थिइन सद्गुरु मतङ्गको कृपाले अथवा उत्तम ज्ञानको शिक्षा अर्ती उपदेशले शवरीले राम भगवानको दर्शन पाएर उत्तम गति प्राप्त गरेकी थिइन् ।सद्गुरुको कृपा भयो भने जे कुरा पनि हुन् सक्दछ । त्यसैले सद्गुरुको सम्मान गर्नु पर्दछ ।कुनै पनि व्यक्ति गुरुको कृपा विना भवसागर तर्न सक्दैन चाहे उ व्रह्म शिव समानै किन नहोस् उहाँहरु पनि गुरुकै कृपा वाट त्यति ठूलो हुनसक्नु भएको हो जस्तै भनिएको छ :
गुरु विना भवनिधि तरहिन कोई
जो विरञ्चि शंकर सम होई ।

वहाँ श्रीमद्धभागवतको ज्ञाता हुनुहुन्छ ।

तपाईंको प्रतिकृया