काठमाडौँ । केहि दिन अगाडिबाट भएको अविरल वर्षाका कारण देशभर धेरै क्षति पुगेको छ । अहिलेसम्मको जानकारी अनुसार वर्षापछि आएको बाढीपहिरो र डुबाननका कारण करिब ६० जनाको मृत्यु भएको छ । देशभरको विवरण बुझ्दा अहिलेसम्म एक हजार ४ सय ४४ जनाको उद्दार गरिएको छ भने अझै २६ जना बेपत्ता छन् । अन्य ३८ जना भने घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबारदेखि आइतवार बेलुकीसम्मको विवरण हेर्दा मृत्यु हुनेमा ३६ पुरुष र २४ महिला रहेका छन् । जसमा काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ जनाको मृत्यु भएको छ भने प्रदेश– १ मा १९, प्रदेश– २ मा १४, प्रदेश– ३ मा १५, प्रदेश– ५ र कर्णाली प्रदेशमा दुईदुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया