बनेपा /
बैंक तथा वित्तिय क्षेत्रमा बनेपाका समाजसेवी समुन्द्र काजी श्रेष्ठको नौ बर्षे कार्यकाल शुरु भएको छ । काभ्रेको बनेपामा जन्मिएका काजी यसअघि बनेपामा केन्द्रिय कार्यालय रहेको तत्कालिन बैंक कन्ट्रि डेभलपमेन्ट बैंकमो संस्थापक सदस्य थिए । २०६४ /४ /२० मा संस्थापक भएका काजी सोही बैंकको २०६५ /८/२५ मा अध्यक्ष समेत निर्विरोध निर्वाचित भएका थिए । यस लगत्तै सोही बैंकको सञ्चालक सदस्यमा ०७२­/२/३० गते निर्विरोध निर्वाचित भएका थिए । यसैगरी काजीको वित्तिय क्षेत्रको अनुभवलाई प्रोगसिभ फाईनान्स लिमिटेडले २०७६ असार २९ गतेको २१ औ २२ औँ साधारण सभाबाट उनलाई सञ्चालक सदस्यमा निर्विरोध गरेको छ ।

८० करोड पुँजी भएको सो फाईनान्स सहित हाल २१ वटा फाईनान्स सक्रिय छन् । राष्ट्र बैंक बाट स्विकृती प्राप्त सो फाईनान्सको केन्द्रिय कार्यालय न्यरोड रहेको र अन्य प्रदेश तथा विभिन्न ठाउँबाट वित्तिय क्षेत्रमा सेवा पुर्याउने लक्षय आगामी दिनमा आफूहरूले लिएको फाईनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए । फाईनान्सको शाखा बनेपामा पनि रहेको छ । यसका र्काकारी प्रमूख विशाल हुमागाई रहेका छन् । भने सञ्चालकहरूमा शम्भु प्रसाद डंगोल, लक्ष्मी प्रसाद महर्जन , अनिश महर्जन रहेका छन् । फाईनान्सको आगामी रणनीतिबारे फाईनान्सका अध्यक्ष महर्जनले आफूहरू मर्जर प्रक्रियामा कुनै हालतमा पनि नजाने बरु विकास बैंक सरहको लागी आफूहरु हुन पहल गरि काम अगाडी बडाईने कार्यक्रममा बताएका छन् ।

तपाईंको प्रतिकृया