‘पिडा’

लाग्छ ,
आज निराश छ यो मेरो गाउँ
सुसेली रहने
छाँगा छहरा
लहरा पहरा
आज रोईरहेछन्

यो शहर
यी गल्लीहरु
जो हिजो अरुको अस्तित्व लिलाम गर्थो
आज आफै लिलाममा परेपछि
उकुसमुकुस भएको छ

हिमाल रोइरहेको छ
पहाड काँपिरहेको छ
तराई थला परेको छ
असह्य भएर
आमा बेचिएको पीडाले !

भुपी सरोवर
सिगास ०३ बैतडी
हाल : काठमाडौ

तपाईंको प्रतिकृया